मंगलबार ०९ आश्विन २०८०

काठमाडौ । वर्दियामा विवाह गरेको एक महिना नबित्दै दुई युवकको रहस्यमय निधन भएको छ । बर्दियाको बारवर्दिया ९ बनगाइका दुई जना युवाले दिउसै पुनहरमा हा म फा’लेका थिए । उनीहरुको निधन भएको हो । भर्खरै विवाह गरेका ति युवाले लुगा नै नखोली किन नहरमा हा म फा’ले भन्ने खुलेको छैन । स्थानिय बासीन्दाका अनुसार उनीहरु पुरै लुगा लगाएका अवस्थमा थिए ।

दुवै जनाले एकैपटक खोलामा हा म फा’लेका थिए । दुवै जनाको निधन भएको हो । उनीहरुको भर्खरै विवाह भएको पनि स्थानियले बताएका छन् । स्थानियले उनीहरुको श व नहरमा फेला पारेका थिए । बबई सिचाइको नहरमा श व फेला परेको हो । दिउसो साढे २ वजे उनीहरु हा म फा’लेका हुन् । स्थानियले ३ वजे उनीहरुको श व पानी बाहिर निकालिसकेका थिए ।

उनीहरु ढलानको काममा मजदुरी गर्न गएका युवक हुन् । साइकलमा संगै आएका उनीहरुले आफुहरुले लगाएको टोपी छेउमा राखेर नहरमा हा म फा’लेका थिए । उनीहरुलाई स्थानिय बालबालिकाले देखेका थिए । स्थानियले टा उको तल र खु ट्टा माथि भएको अवस्थामा फेला पारेका हुन् । बाहिर निकालेर पनि स्थानियले उनीहरुलाई ब चा उने कोशिष गरे । पेटमा भरिएको पानी वाहिर निकाल्ने कोशिष गरेको स्थानिय एक महिलाले बताइन् ।

तर त्यतीबेला नि लो भइसकेको थियो, तर पनि हामीले कोशिष गरेका थियौं ति महिलाले भनिन् । उनीहरुले किन त्यसरी नहरमा हा म फा’ले भन्ने खुलेको छैन । प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ ।

बेनी सम्पर्कविहीन भएकोे ५२ वर्षपछि म्याग्दीका एक पुरुषको पारिवारिक पुनःमिलन भएको छ । घरबाट हराएका बेनी नगरपालिका–४ थामडाँडाका ७५ वर्षीय गङ्गाबहादुर गुरुङ ९जङ्गबहादुर भनिने०को मङ्गलबारमात्रै आफन्तसँग भेट भएको हो ।

विसं २००३ मा जन्मिनुभएका गुरुङ सम्पर्कविहीन भएको करिब चार वर्षपछि कैलालीको चुरे गाउँपालिका–३ मस्यगाउँमा पुग्नुभएको खबर त्यतिबेला परिवारले पाएका थिए । त्यसपछि पनि उहाँ परिवारको सम्पर्कमा आउनुभएन । हालैमात्र स्थानीय युवाले सामाजिक सञ्जालमा गुरुङको तस्वीर राखेका र उहाँले बागलुङ, बेनी, तातोपानीको नाम लिएको जानकारी गराएका थिए । आफ्नो पुख्र्यौली थलो बेनी भएको र आफू त्यहाँ फर्कन चाहेको सन्देश राखेपछि नेपाल रेडक्रस सोसाइटी म्याग्दीले गुरुङको खोजी सुरु गरेको थियो ।

रेडक्रसअन्तर्गत रहेको खोज तथा उद्धार सेवा केन्द्रले गुरुङको अवस्था र जिल्लामा सम्भावित आफन्तबारे खोजी गरेको थियो । खोजीका क्रममा थामडाँडाबाट वर्षौँदेखि आफन्त हराएका परिवार सम्पर्कमा आएपछि गुरुङ र उहाँका आफन्तबीच टेलिफोनमा संवाद गराइएको थियो । आफन्तले झण्डै ६० वटा प्रश्नमार्फत आफन्तको नाम, तत्कालीन गाउँको अवस्था आदिबारे सोधेका प्रश्नमा उहाँले दिनुभएको जवाफले उहाँको यकिन गरेका थिए ।

कैलालीमा स्थानीय प्रतिष्ठित एक व्यक्तिको सहारामा बसोबास गर्दै आउनुभएका गुरुङ थामडाँडाका बलवीर गुरुङका हराएका माइला छोरा रहेको पुष्टि भएपछि रेडक्रस म्याग्दीको समन्वयमा उहाँका भाइका परिवारसँग मङ्गलबार पुनःमिलन भएको छ । गुरुङका भाइका छोरा शेरबहादुर र छोरी विसु गुरुङले रेडक्रस म्याग्दीको समन्वयमा कैलाली पुगेर आफ्ना माइला बुबालाई उद्धार गरी ल्याएका हुन् ।

रेडक्रस म्याग्दीका सभापति लेखबहादुर हमाल र अधिकृत धनञ्जयकुमार श्रेष्ठसहित रेडक्रसकर्मीको उपस्थितिमा गुरुङको पारिवारिक पुनःमिलन गराइएको थियो । ‘‘पचास वर्षभन्दा बढी समयदेखि परिवारबाट हराएका व्यक्तिलाई आफन्तको जिम्मा लगाइएको छ”, रेडक्रस म्याग्दीका सभापति हमालले भन्नुभयोे ।

साउन अन्तिम साता पूर्णानन्द पाण्डेले सामाजिक सञ्जालमा राखेको सन्देशका आधारमा खोजी गर्दै जाँदा असोज तेस्रो साता पारिवारिक पुनःमिलन भएको रेडक्रसले जनाएको छ । विभिन्न कारणले हराएका व्यक्तिको खोजी गर्ने काम रेडक्रसले गर्दै आए पनि विरलै यस्तो प्रकारको पुनःमिलन सम्भव हुने गरेको रेडक्रस म्याग्दीका शाखा अधिकृत श्रेष्ठले बताउनुभयो ।

घरबाट हराएपछि भाँैतारिएका गुरुङ तत्कालीन समयमा अत्तरियादेखि डडेल्धुराको महेन्द्र राजमार्गमा काम गर्दागर्दै ठेकेदारले पारिश्रमिक नदिएपछि पैदलै हिँडेर कैलालीको मस्यगाउँमा पुगेको गुरुङले बताउनुभयो । त्यहाँ पुगेपछि स्थानीयवासीसँग घुलमिल हुँदै स्थानीय एक जमिनदारको घरमा आश्रय लिएर जीविकोपार्जन गर्दै आउनुभएका उहाँले माछा मार्ने पेशा अँगाल्नुभएको थियो । उहाँलाई लिन पुगेका आफन्तलाई गाउँलेहरुले भव्य सम्मानसहित बिदाइ गरेका थिए ।

प्रतिकृया दिनुहोस

 

 

 


Last Updated on: October 6th, 2021 at 5:31 pm
२१६ पटक हेरिएको

तपाईको प्रतिक्रिया