मंगलबार १२ मंसिर २०८०

अपाचे मोटरसाईकल दाइजोमा नपाउदा बेहुली छाडेर बेहुलो टाप
May 14, 2021 i news 13NewsNo Commenton अपाचे मोटरसाईकल दाइजोमा नपाउदा बेहुली छाडेर बेहुलो टाप
झण्डै २ वर्षअघि दाइजो नदिएको निहुँमा मण्डपमै बेहुली छोडेर हिडेका मोरङ जहदा गाउँपालिका ४ कविलासाका लक्ष्मण राजवंशीले अर्को विवाह गर्न लागेका छन् ।

राजवंशीले २ वर्षअघि २०७६ साल जेठ ३ गते जहदा ३ जयरामपुरकी सुमित्रा राजवंशीसँग विवाह गरेका थिए । उनले विवाहमा दाइजोस्वरुप १ तोला सुनको सिक्री, अपाचे

मोटरसाइकल र डाइनिङ टेबल माग गरेका थिए । तर, बेहुली पक्षले आर्थिक विपन्नताका कारण होण्डाको साइन मोटरसाइकल मात्रै दिए भने १ तोलाको सुनको सिक्री र डाइनिङ टेबुल दिन सकेनन् ।

त्यसपछि बेहुला पक्षले बेहुली सुमित्रालाई विवाहको अन्तिम समयमा आएर मण्डपमै छोडेर हिडेको थियो । राजवंशी जातिमा बेहुली अन्माउनुभन्दाअघि

बेहुलालाई खिर खुवाउने चलन छ । त्यही बेला लक्ष्मणले आफ्नो मागबमोजिम दाइजो नदिएको भन्दै बेहुली छोडेर हिडेका थिए ।

बेहुली छोडेपछि पीडित पक्षले जिल्ला अदालत मोरङमा उजुरी दिएका थिए । लक्ष्मणले अर्को विवाहको तयारी गरेका छन् । उनले वैशाख २९ गते बुधबारका लागि कटहरी गाउँपालिका २ की लिलाकुमारी राजवंशीसँग विवाहको तयारी गरेका हुन् ।

बेहुली छोडेपछि पीडित पक्षले जिल्ला अदालत मोरङमा उजुरी दिएका थिए । लक्ष्मणले अर्को विवाहको तयारी गरेका छन् । उनले वैशाख २९ गते बुधबारका लागि कटहरी गाउँपालिका २ की लिलाकुमारी राजवंशीसँग विवाहको तयारी गरेका हुन् ।

‘यही २०७८ साल वैशाख २९ गते बुधबारका दिन दिवा लग्नमा सु–सम्पन्न हुने निश्चय भएको हुँदा उक्त शुभ अवसरमा उपस्थित भई नव वर–वधुलाई आशीर्वाद प्रदान गरिदिनुहुन

सादर निमन्त्रणा गर्दछौं,’ उक्त कार्डमा उल्लेख छ । कार्ड छपाएर छरछिमेक र आफन्तलाई वितरण गरिरहेका छन् भने पीडित पक्ष न्यायको लागि के गर्ने भन्ने विषयमा अलमलमा परेको छ ।

यसअघि मण्डपमै छोडिएकी पीडित सुमित्रा राजवंशीले आफू अन्यायमा परेको बताईन् । उनले केटाको विवाह रोक्न माग गरेकी छिन् । ‘मलाई उसले दहेज नदिएको भनेर मण्डपमै छोडेर हिड्यो,’ उनले भनिन्, ‘सबै प्रमाण आफूसँग छ, तर अहिले पुनः उसले विवाहको तयारी गरेको छ,

अदालतमा दिएको निवेदनको विषयमा पनि अहिलेसम्म टुंगो लागेको छैन ।’ तर, कटहरीमै घर भएका राजवंशी समाज विकास समितिका केन्द्रीय अध्यक्ष भीमराज राजवंशीले अदालतले विवाह बदर गरिसकेपछि लक्ष्मणले अर्को विवाह गर्न लागेको बताए ।

उनले जिल्ला अदालत मोरङले लक्ष्मणलाई ५० हजार रुपैयाँ जरिवाना गराउँदै बेहुली पक्षलाई सम्पूर्ण दाइजो र विहे खर्च फिर्ता दिन लगाएको जानकारी दिए । त्यसपछि लक्ष्मणले अर्को

विवाह गर्ने बाटो खुलेको राजवंशीको भनाई छ ।राजवंशी जातिमा दाइजो प्रथा बढ्दो छ ।यसले विकराल र दर्दनाक रुप लिँदै गएको छ । कनकाई अनलाईनको सहयोगमा


Last Updated on: May 14th, 2021 at 5:58 pm
९८५ पटक हेरिएको

तपाईको प्रतिक्रिया