मंगलबार २३ जेठ २०८०

काठमाडौ । कोरोना कहरकाबीच कति परिवारमा निकै हृदयविदारक घटना भएका छन् । परिवारका सदस्यहरु एक पछि अर्को गुमाउनु पर्दाको पी डा वयान गरीसाध्य छैन । बाँके नेपालगन्जमा केही दिनको फरकमा एकै घरमा तीन जनाको मृत्युको खबर सेलाउन नपाउँदै दागंमा फेरी त्यस्तै घटना दोहोरियो । कोरोना पुष्टि भएको ५ मिनेटमै जेठो दाईको मृत्यु भयो । लगातार अर्का भाई र छोराको मृत्यु ।

विराटनगरमा पनि त्यस्तै घटना भएको छ । विहिवार दिउसो २ वजे कोरोनावाट मृत्यु भएकी आमाको अन्तिम संस्कार पुरा गर्न नपाउँदै घाटमा दाईको मृत्युको खबर अस्पतालवाट आउँदा ललितले मन थाम्न सकेनन् ।

कोरोना बाट ६७ वर्षीया आमा निलमदेवीको मृत्यु भएपछि कान्छा छोरा ललितले आमालाई मुखाग्नी दिँदै थिए अस्पतालवाट दाजु विनितको मृत्युको खबर आयो ।

उनीहरू चिता तयार पारिरहेका थिए। शव व्यवस्थापनको टोलीले चितामाथि शव राखेपछि दागबत्ती दिने बेला हुँदैथियो। यस्तो घटनाले बेगवानी परिवारमा आमाको शव नजल्दै अर्को चिता तयार पार्नुपर्ने अवस्था आएको थियो।

आमाछोरा एकैपटक कोरोना भएर विराटनगर अस्पतालमा भर्ना भएका थिए। आमाको बुधवार सांझ निधन भएको थियो भने छोराको विहिवार निधन भयो । वुवा र कान्छि बुहारी कोरोना जितेर घर फर्किएका थिए । श्रीमतीको मृत्युको खबरले उनलाई पनि स्वास्थ्यमा समस्या भएपछि फेरी अस्पताल भर्ना गरिएको छ । उनलाई जेठो छोराको मृत्युको खबर समेत सुनाएको छैन ।

बेगवानी परिवारका चार भाइ छोरामध्ये विनित र कान्छो छोरा ललित विराटनगर बस्थे। साइँलो कलकत्ता र माइलो काठमाडौं बस्थे। विनित सुनचाँदी व्यवसाय गर्थे।


Last Updated on: May 14th, 2021 at 6:00 pm
७१५ पटक हेरिएको

तपाईको प्रतिक्रिया