
प्रदेश नं १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले दसँैं पर्वले अन्याय, अत्याचार अन्त्य गर्दै सामाजिक एकता, आपसी सद्भाव र भातृत्व अभिवृद्धिमा टेवा पु¥याउने विश्वास व्यक्त गर्नुभएको छ । नेपालीको महान चाँड बडादसँैं–२०७८ को अवसरमा उहाँले आज जारी गर्नुभएको शुभकामना सन्देशमा कोभिड–१९ को महामारीले स्वास्थ्यमा ठूलो चुनौती थपिएको हुँदा यसबाट जोगिन नेपाल सरकारले लागू गरेको स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड पालना गर्न सबैमा आग्रह गर्नुभएको छ ।
दसँंैले विभिन्न जातजाति, भाषा, धर्म एवम् सांंस्कृतिक पहिचान बोकेका सबै नेपालीको लागि राष्ट्रिय एकता, सामाजिक सद्भाव, आपसी भातृत्व कायम गर्न सकोस् भन्दै उहाँले देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा शुभकामना दिनुभएको छ ।
यो पनि – वायुसेवा निगमका पूर्वअध्यक्ष मृत भेटिए
नेपाल वायुसेवा निगमका पूर्वअध्यक्ष रामाज्ञाप्रसाद चतुर्वेदी मृत भेटिनुभएको छ । काठमाडौँ महानगरपालिका–७ चावहिलस्थित निर्माणाधीन घर नजिक उहाँको शव फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ । परिसरका प्रवक्ता प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतका अनुसार गौतम अग्रवालको निर्माणाधीन घरबाट ७४ वर्षीय चतुर्वेदीले हामफालेर आ.त्मह.त्या गरेको प्रारम्भिक अनुमान छ । घटनाको थप अनुसन्धान जारीे छ । उहाँको शव बिहान ७ः०० बजे फेला परेको र अहिले शव परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको प्रवक्ता प्रउ बस्नेतले जानकारी दिनुभयो ।
प्रहरीका अनुसार घरको चौथो तलामा उहाँको मोबाइल फेला परेको छ । चतुर्वेदी बिहान मर्निङवाक गएको बेला उक्त घटना भएको जनाइएको छ । चतुर्वेदी तत्कालीन शाही नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्ष हुनुहुन्थ्यो ।