
काठमाडौ । भारतले स्वास्थ्य क्षेत्रमा चमत्कारीक प्रयोग गरेको छ । उसले व्यावसायिक ड्रोनको प्रयोग गरेर ग्रामीण भेगमा कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप पुर्याउन सुरु गरेको छ ।
भारतको सरकारका वरिष्ठ वैज्ञानिक समिरान पान्डाले अहिले भारतले मुलुकको उत्तर–पूर्वमा रहेको पर्वतीय क्षेत्रमा कोरोना खोप पुर्याउन ड्रोनको प्रयोग गरिरहेको जानकारी दिएका छन् । तस्वीर सार्वजनिक गर्दै उनले भनेका छन् हामी प्रविधिमा अगाडी छौ । सहज रुपमा पहाडी क्षेत्रमा यही ड्रोनबाट खोप पठाइरहेका छौ ।
भारतले २०२१ को अन्तिमसम्ममा सबै योग्य नागरिकलाई कोरोना खोप लगाउने लक्ष्य राखेको छ । यद्यपि विशेषज्ञहरुले भने भारतले आफ्नो लक्ष्य पूरा गर्न आफ्नो खोप अभियानलाई थप तीव्रता दिनुपर्ने बताएका छन् ।
अहिलेसम्म भारतले ९२ करोड डोज कोरोना खोप मानिसहरुलाई लगाइसकेको छ । भारतले मुलुकमा तीन कोरोना खोपलाई अनुमति दिएको छ । आधिकारिक तथ्यांकअनुसार भारतमा करिब ७० प्रतिशत योग्य जनसंख्याले कम्तीमा एक डोज कोरोना खोप लगाइसकेका छन् ।
भारतमा अहिलेसम्म तीन करोड ३० लाख कोरोना संक्रमित फेला परेका छन् भने मृत्यु हुनेको संख्या चार लाख ४० हजारभन्दा धेरै छ । सोमबार भारतले मणिपुरमा पहिलोपटक ड्रोनबाट खोप पुर्याउने कामको परीक्षण गरेको छ ।
परीक्षणको क्रममा विष्णुपुरबाट लोक्टाकको काराङ्गमा १० डोज कोरोना खोप पठाइएको हो । ड्रोनले केवल १२ मिनेटमा खोप उक्त स्थानमा पुर्याएको थियो । जबकी डुङ्गा र सडकबाट जाँदा यहाँ पुग्न चार घण्टाभन्दा धेरै समय लाग्थ्यो । यहाँ ३५ सय मानिसको बसोबास छ ।
इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च (आईसीएमआर) का प्रमुख वैज्ञानिक पाण्डाका अनुसार परीक्षण सफल भएको छ र उक्त टापुका १० मानिसले कोरोना खोप लगाएका छन् ।
भारतको मणिपुर र नागाल्याण्डजस्ता राज्यका विकट गाउँमा ड्रोनको प्रयोग खोप पुर्याउनका लागि निकै महत्वपूर्ण हुने विश्वास लिइएको छ । यहाँका गाउँहरुमा पनि खोप पुर्याउन १२ घण्टासम्म समय लाग्ने गरेको छ ।
त्यस्तै अन्डामास र निकोबारको पूर्वीक्षेत्रमा कोरोना खोप पुर्याउनका लागि पनि ड्रोनको प्रयोग महत्वपूर्ण हुन सक्छ । यो क्षेत्रमा डुङ्गाबाट खोप पुर्याउनुपर्ने बाध्यता छ ।
अहिले भारतको सरकारले ४।५ किलो भार बोक्न सक्ने ड्रोनको प्रयोग गरिरहेको छ । जसको ९०० डोज कोरोना खोप बोक्न सक्छ र कम्तीमा ७० किलोमिटरटाढासम्म उड्न सक्छ । एजेन्सीहरुको सहयोगमा
लन्डन २१ असोज – बेलायतमा कोरोना भाइरसको सङ्क्रमण झन् बढेको देखिएको यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । पछिल्ला केही दिनमा यहाँ सङ्क्रमण झन् बढेको पाइएको छ । बेलायतका स्वास्थ्य अधिकारीहरुले सरकारी प्रयासका बाबजुत पनि यहाँ कोरोनाबाट हुने सङ्क्रमणमा दैनिक कमी नआएको बताएका छन् ।
सरकारी अधिकारीले दिएको पछिल्लो जानकारीअनुसार थप ३९ हजार ८५१ जनामा एकै दिनमा सङ्क्रमण भएको छ । अधिकारीहरुले बेलायतमा अहिलेसम्म सङ्क्रमित हुनेको संख्या ८० लाख नाघेको पनि जनाएका छन् । यहाँको स्वास्थ्य मन्त्रालयद्वारा जारी वक्तव्यमा उल्लेख गरिएअनुसार यहाँ पछिल्लो २४ घन्टामा कोरोना भाइरसका कारण १४३ जनाको मृत्यु भएको छ ।
बेलायतका स्वास्थ्य अधिकारीले निकै लामो समयपछि यहाँ धेरै समयपछि यतिधेरै व्यक्ति एकै दिन मृत्यु भएको छ । योसँगै बेलायतमा अहिलेसम्म कोरोनाका कारण एक लाख ३७ हजार भन्दा बढीको मृत्यु भएको छ । बेलायतमा कोरोनाभाइरसबाट सङ्क्रमित भएकामध्ये करिब सात हजार जना अझै पनि अस्पतालमै उपचाररत रहेका छन् ।
यहाँका १६ वर्ष माथिका झण्डै ९० प्रतिशत मानिसले कोरोना भाइरसविरुद्धको खोपको पहिलो मात्रा लगाएका छन् । त्यसैगरी करिब ८२ प्रतिशतले दुवै मात्रा खोप लगाएका पनि स्वास्थ्य मन्त्रालयलको तथ्याङ्कमा उल्लेख छ । बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले पछिल्ला दिनहरुमा बेलायतमा कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएको देखिएको बताउनुभएको छ । उहाँले हरेक दिन कम्तीमा पनि ३५ हजार जनामा यो महामारीको प्रकोप फैलिइरहेको देखिएकोले सबैलाई सतर्क रहन आग्रह पनि गर्नुभएको छ । (रासस÷सिन्ह्वा)
प्रतिकृया दिनुहोस