बिहिबार १४ मंसिर २०८०

काठमाण्डौं। रमेश प्रसाईं सँग लोक लोहोरी गाएर एका एक भाईरल बनेकी कल्पना दहाल ले भावुक हुँदै यस्तो लेखेकी छिन् : किन भगवान मसङ्गँ यति धेरै परिक्षा लिराछौ किन मेरो जिन्दगि मा कहिले सुख र शान्ति भन्ने छैनर? जिन्दगिमा बल्ल बल्ल ठुलो खुशि मिल्छ फेरि तत्काल खुशि सङगैँ तेतिनै ठुलो पिडा दिहाल्छौ किन ? यतिन्जेलि त पिडा र खुशि दुबै लाई बराबर सामना गर्दै आएकि थिएँ ।तर मपनि मान्छे हुँ सँहने शक्ति कम हुँदै गाछ मलाई शक्ति र आत्मबल को खाँचो छ भगवान । दादा बिते पछि धेरै धेरै पिडा हरु सहन परेको छ आमालाई एकैपटक धेरै थरि रोग लागेकोमा पित्त थैलि फालेर अपरेसन गरियो फेरि लिभर पनि खराब छ ब्लडहरु नि सबै मा खराबि देखिएको छ । उपचार त भैईराछ आज फेरि थाईराईड पनि भएको भनेर रेपोर्ड आयो अझै केके देखाउँनि हो कुन्नि दिनदिनै रिपोर्ट मा अनेक समस्या र खराबि मात्र देखाउँछ ।

प्रहरी नायब उपरीक्षक हरि खतिवडाका अनुसार जिल्लाका मुख्य राजमार्ग अरनिको र बिपी राजमार्ग चल्ने सार्वजनिक तथा निजी सवारी साधनहरु र मानिसको बढी भीडभाड हुने संवेदनशील मानिएका स्थानहरु बनेपा र धुलिखेल नगर क्षेत्रभित्रका विभिन्न स्थानमा शान्तिसुरक्षाका कार्यलाई अगाडि बढाएको बताउनुभयो ।

सो क्रममा प्रहरीले जिल्लास्थित सरकारी कार्यालयहरु, बै‌क तथा वित्तीय संस्थालगायत आर्थिक गतिविधि हुने स्थानहरु, मानिसको बढी भीडभाड हुने तरकारी, फलफूल बजार, डिपार्टमेन्टल स्टोर, होटल लज, प्रमुख व्यापारिक केन्द्र, प्रमुख धार्मिक तथा पर्यटकीयस्थल, जिल्लाको महत्वपूर्ण प्रतिष्ठान र लोकमार्ग भएर चल्ने सवारी साधनहरुमा लागूऔषध र विस्फोटक पदार्थ (पटका) ओसारपसार हुन सक्ने सम्भावनालाई दृष्टिगत गर्दै तालिम प्राप्त कुकुरसहितको प्राविधिक प्रहरी टोलीद्वारा जाँच गरिएको प्रहरी नायब उपरीक्षक खतिवडाले बताउनुभयो ।


Last Updated on: October 7th, 2021 at 3:19 pm
२४१ पटक हेरिएको

तपाईको प्रतिक्रिया