शुक्रबार ०५ आश्विन २०८०

अक्सर पुर्वयुवराज्ञी हिमानी शाहको सामाजिक सेवाका भिडियोहरुमात्र सार्वजनिक हुने गरेका छन् । उनी खासै पत्रकारसँग अन्र्वार्तामा देखिदिनन् । देखि हालेपनि राजनितिको कुरा गर्न रुचाउदिनन् । पत्रकारसँगको साक्षत्कारमा उनी राजनितिको कुरामा रुचि नलाग्ने प्रतिक्रिया दिदैँ देशको समृद्धिमा सबैको भुमिका अह्म हुने बताउँछिन् । उनले नेतृत्वमा रहेकाहरुले जनताको पिडामा मलम लगाउनुपर्ने बताउँदै आएकि छिन् । (भिडियो हेर्न नबिर्सनुहोला, समाचारको अन्तिममा छ)

यसैबिच, हिमानी शाह पत्रकारसँगको साक्षत्कारमा रिसाएकि छिन् । पत्रकारले धेरै नजिक बुम ल्याएपछि उनले पत्रकारलाई बुम मिलाउन आग्रह गरेकि छिन् । हिमानीले उक्त कुरा बताएपछि पत्रकारले पनि क्षमा माग्दै बुम हटाएका थिए । नवलपुरमा बाढीपिडितलाई सहयोग गर्न पुगेकि हिमानीले पत्रकारसँगको साक्षत्कारमा असहज महशुस गरेकि हुन् ।

रिसाउदा नि हाँसिरहने हिमानीः उक्त अन्तरर्वार्तामा हिमानीले पत्रकारसँग असन्तुष्टि पोखेपनि हसिलो मुद्रामा देखिएकि थिइन् । उनी रिसाउँदा पनि हाँसिरहेकि थिइन् । उनको रिसानिमा आग्रह थियो जुन पत्रकारले स्विकारे र हिमानीको आग्रहलाई आत्मशात गर्दै गल्ति सच्चाए । हिमानीको यहि अदालाई सबैले रुचाउने गर्छन् । पुर्वराजपरिवारका सदस्य मध्य हिमानीलाई नागरिकले बढि रुचाउँछन् । उनी कम बोल्छिन् तर चाहिने जतिमात्र बोल्छिन् । सधैँ हाँसिरहने हिमानीबाट कसरी रिसाउने भनेर अरुले सिकन जरुरी छ । किनभने, उनको रिसाउने शैलि देखि जोसँग रिसानि भएको हो ऊ पनि प्रभावित हुने गर्दछ ।(भिडियो तल छ)

श्रीमान भन्दा फरक हिमानीः हिमानीका श्रीमान् तथा पुर्वयुवराज पारश शाह रिसाएको भिडियोहरु सार्वजनिक भइरहन्छ । कहिले सुष्मा कोइरालाको ज्वाईँ रुबेल चौधरीसँग टाईगर होटलमा त कहिले एयरपोर्टमा प्रहरीसँग झर्किएको दृश्य सार्वजनिक भएका छन् । काठमाडौँको थापाथलिमा त पारशले झण्डै ट्राफिक प्रहरीसँग हातहातिनै भएको समाचारहरु पनि बाहिरिएको थियो । उक्त समयमा महिला प्रहरीले पारशको व्यवाहारले आफूलाई चित्त दुखेको समेत बताएकि थिइन् । सवारीचालक अनुमति पत्र माग्दा प्रहरीसँग पारश रिसाएका थिए ।

पारश रिसाउँदा धेरैले पारशको आलोचना गरेपनि हिमानी रिसाउँदा उनको तारिफ गर्ने जमात ठूलो छ । पुर्वराजपरिवारको सदस्य मध्य त्यहिभएर पनि हिमानी अलग छिन्, फरक छिन् । हिमानी ट्रस्टबाट पुर्वयुवराज्ञीले सहयोग गर्दै आएकि छिन् । उनी निस्वार्थ सामाजिक कार्यमा जुटिरहेकि छिन् । उनको सामाजिक कार्यमा पनि पुर्वराजपरिवारले सहायता गरेको छ ।

पारशलाई ३० वर्षदेखि पछ्याईरहेको मिडियाः पारशले केहि समयअघि सोनिका रोकायालाई आफ्नो बारेमा जथाभावि कुरा आएपनि आफूलाई त्यस्को वास्ता नलाग्ने बताएका थिए । उनले मिडियाले आफूलाई ३० वर्ष देखि पछ्याइरहेको र उक्त कुराले आफूलाई केहि फरक नपर्ने बताएका थिए । सोनिकाले मिडियामा तपाईँको बारेमा अनेकथरि समाचार आउँछन् भन्ने प्रश्नमा पारशले सुन्दर जवाफ दिएका थिए । उनले भने, ‘त्यसमा म हराएर बस्ने कि आफ्नो जिन्दगि बाच्ने, ३० वर्ष देखि मेरोबारेमा कपोकल्पीत समाचारहरु आइरहेको छ ।’

राजसंस्था ब्युताउनुपर्ने प्रतिक्रियाः पहिल्लो समय राजसंस्था ब्युताउनुपर्ने भन्दै आवाजहरु उठिरहेको छ । अहिलेको व्यवस्थाले जनताको साथ नदिएको भन्दै राजावादिहरुले राजसंस्था ल्याउन आवज उठाइरहेका छन् । यता, उनीहरुले पारशले सुध्रिए राजसंस्था फर्काउन गारो नहुने बताएका छन् ।


Last Updated on: October 7th, 2021 at 3:38 pm
४५२ पटक हेरिएको

तपाईको प्रतिक्रिया