
एक साताअघि नेपाली सेनालाई यूएस इन्डो प्यासिफिक कमाण्डको टोलीले विस्फोटक पदार्थ निष्क्रिय गर्नेबारे तालिम दिएको थियो । तालिमको अन्त्यमा नेपाली सेना र कमाण्डको टोलीले सामूहिक तस्बिर खिचाएको थियो ।
उक्त तस्बिर सार्वजनिक भएसँगै चर्चा र चासोको विषय बन्यो । त्यसमा बढी चर्चा उनीहरुको तस्बिरमा रहेको मूर्तिले पायो । उक्त मूर्ति विस्फोटक पदार्थ निष्क्रिय पार्ने सुरक्षा अधिकारीको थियो ।
त्यो मूर्ती बम डिस्पोजल युनिटकका अधिकारीले लगाउने विशेष पोशाक र उपकरण सहितको थियो । अमेरिकी सेना र नेपाली सेनाले मूर्तीलाई बीचमा राखेर तस्बिर खिँचाएका थिए । त्यो तस्बिर यतिबेला संसारभरका फौजहरुमा चर्चाको बिषय बनेको हो ।
त्यो अदभूत मूर्ति तयार पार्ने व्यक्ति हुन्, नेपाली सेनाकै जमदार माधव पौडेल । एक साताअघि नेपाली सेनालाई यूएस इन्डो प्यासिफिक कमाण्डको टोलीले विस्फोटक पदार्थ निष्क्रिय गर्नेबारे तालिम दिएको थियो । तालिमको अन्त्यमा नेपाली सेना र कमाण्डको टोलीले सामूहिक तस्बिर खिचाएको थियो ।
उक्त तस्बिर सार्वजनिक भएसँगै चर्चा र चासोको विषय बन्यो । त्यसमा बढी चर्चा उनीहरुको तस्बिरमा रहेको मूर्तिले पायो । उक्त मूर्ति विस्फोटक पदार्थ निष्क्रिय पार्ने सुरक्षा अधिकारीको थियो ।
त्यो मूर्ती बम डिस्पोजल युनिटकका अधिकारीले लगाउने विशेष पोशाक र उपकरण सहितको थियो । अमेरिकी सेना र नेपाली सेनाले मूर्तीलाई बीचमा राखेर तस्बिर खिँचाएका थिए । त्यो तस्बिर यतिबेला संसारभरका फौजहरुमा चर्चाको बिषय बनेको हो ।
त्यो अदभूत मूर्ति तयार पार्ने व्यक्ति हुन्, नेपाली सेनाकै जमदार माधव पौडेल । तर, त्यतिबेलासम्म उनले कलासम्बन्धी शिक्षा औपचारिक रुपमा लिएका थिएनन् । ‘त्यसपछि सेनाकै स्वदेश तालिमअन्तर्गत मैले ललितकला क्याम्पसबाट स्नातक गरेँ । अहिले यही विषयमा स्नातकोत्तर पनि गर्दै छु,’ उनले भने ।
उनी विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कला प्रदर्शनीमा सहभागी भए । २०७३ सालमा ललितकला राष्ट्रिय कला प्रदर्शनीमा पूर्वाञ्चलतर्फ सर्वोत्कृष्ट नै भएँ । यो नेपाली सेनालाई कला क्षेत्रमा जिताएको पहिलो पुरस्कार पनि थियो ।
उनले पृथ्वीनारायण शाहदेखि थुप्रैको मूर्ति तयार पारेका छन् । शाहको धेरै मूर्ति तयार पार्नेमा उनी अग्रपंक्तिमा आउँछन् । संस्थाका लागि उनले हालसम्म २ दर्जनभन्दा बढी मूर्ति बनाएका छन् ।
कलायात्रामा उनको स्मरणीय घटना हो, सगरमाथामा पृथ्वीनारायण शाहको मूर्ति पुर्याउनु । २०७५ सालमा आरोही पेम्बादोर्जे शेर्पाले उक्त मूर्ति सगरमाथाको शिखरमा पुर्याएका हुन् । सेनासँगको समन्वयमा जब उनलाई मूर्ति बनाउने प्रस्ताव आयो, सहर्ष स्वीकार गरे । ‘म सगरमाथामा पुग्न सकेको छैन, तर मेरो कला त पुग्ने भयो भन्ने लागेर मूर्ति तयार पारेँ,’ उनले भने ।
लगनशीलता, परिश्रम, अनुशासन र समय सदुपयोगकै कारण यो स्थानमा आइपुगेका पौडेल सेनाबाट यस क्षेत्रमा लाग्ने एक्ला अधिकारी हुन् । हाल उनी समय निकालेर मूर्तिकलामा व्यस्त हुँदै आएका छन् । तर, सेनाको नियमित ड्युटीमा खटिएर बाँकी भएको समयमा कला क्षेत्रमा लाग्दा उनले परिवारलाई पर्याप्त समय भने दिन पाएका छैनन् ।
‘सेनाको सहयोगले नै यो स्थानमा आइपुगेको छु । तर, नियमित ड्युटी सकेर कलातर्फ लाग्नुपर्ने भएकाले परिवारको लागि समय निकाल्न भने मुस्किल हुन्छ । सेनामा यही क्षेत्रका लागि भनेर जिम्मेवारी पाएमा अझ सहज हुने र योगदान गर्न पाउँछु जस्तो लाग्छ,’ उनले भने ।
पौडेललाई अझै कला क्षेत्रमा धित मरेको छैन । सेना सँगसँगै समाजमा पनि गएर कलाको माध्यमबाट योगदान दिने उनको चाहना छ । कलाकै माध्यमबाट सेनाको यथार्थ बाहिर ल्याउने उनको अभिलाषा पनि छ । ‘सेना त अहिले विकास निर्माणमा पनि खटिएको छ, त्यसैले पसिना बगाएर दौडिएर रहेको सैनिक, जसको एक हालतमा पिक र अर्को हातमा बन्दुक छ, त्यस्तो कलाकृति बनाउन मन छ । जसले सेनाको यथार्थ अवस्था झल्काओस्,’ उनले भने ।