शुक्रबार ०५ आश्विन २०८०

साउनको महिना भगवान शिवको वर्त वस्ने पवित्र महिना हो । भगवान शिवको पुजा र ब्रतको लागि कतिपय भक्तहरु निकै कठोर नियम पालना गर्छन । बाँकेको नरैनापुर ५ मा सन्तानेश्वर महादेवको मन्दिर छ । त्यहाँ अहिले पर्यटकिय हिसावले पनि निकै चहल पहल हुने गरेको छ ।

बाँके जिल्लामा एक जना महिला पानी पनि नखाएर सोमवारको व्रत बसेकी थिइन् । उनी व्रत बसेर माथि डाँडामा रहेको शिव मन्दिरमा गएकी थिइन् । तर पछि ति महिलालाई यस्तो भयो की ४ जनाले स्ट्रेचर बनाएर बोकेर ल्याए । साउने महिनामा ब्रत बसेर पानी नखाएर भोकै शिव मन्दिरमा दर्शन गर्न पुगेकी ति महिलाको निधन भएको छ । शारिरीक रुपमा अलि मोटो देखिने ति महिला सबैको अगाडी छटपटाउन थालिन् । उनलाई बचाउन धेरैले कोशिष गरे ।

नरैनापुर ५ मा भएको यो घटनाले भोकै बसेर मन्दिर दर्शन गरेकै कारण निधन भएको हो की अथवा अन्य केही कारणले निधन भएको हो भन्ने खुलेको छैन । नरैनापुरमा रहेको सन्तानेश्वर मन्दिरमा उनी दर्शन गर्न गएकी थिइन् । उनका परिवारले यस्तो ब्रत बसेको बेलामा जान पर्दैन भनेर सम्झाएका थिए । तर उनले परिवारका सदस्यले भनेको मानेनन् । उनी अन्य महिलालाई भेटाउन भनेर छिटो छिटो हिँडेकी थिइन् ।

नेपालगन्जकी महिला निलम नाम बताइएकी उनी बाटोमै वेहोस भइन्, उनलाई धेरैले सहयोग गर्ने कोशिष गरे तर बचाउन सकेनन् । एक जना प्रत्यक्षदर्शी भन्छन्, मान्छेहरु कित असहिष्णु भने तपाई सक्नुहुन्छ के भन्दै हिँडाउँदै लगेका थिए । उनी हिड्न नसकेको देखिन्छ । तर उनलाई जबरजस्ती माथि लगिएको थियो । तर उनी मन्दिरमा पुग्न नपाई बिचैमा निधन भयो ।

 


Last Updated on: October 8th, 2021 at 10:00 am
२३४ पटक हेरिएको

तपाईको प्रतिक्रिया