
बाराको सिमराबाट काठमाडौं आउन लागेको बुद्ध एयरको जहाजको ‘टायर फ्ल्याट’ भएको छ । काठमाडौंबाट सिमरा पुगेको सो जहाज अवतरणपछि पार्किङतिर लैजाने क्रममा टायरको हावा खुस्किएको हो ।
सिमरा विमानस्थल कार्यालयका अनुसार १० बजेर ५३ मिनेटमा अवतरण भएको बुद्ध एयरको उडान नम्बर ५५३ जहाजको टायरको हावा खुस्किएपछि उडानसमेत डिलाे भएको छ ।
बिहान साढे ९ बजे ल्याण्ड हुनुपर्ने जहाज ढिला गरी सिमरा विमानस्थल पुगेको थियो । समस्या आएको जहाज अहिले मर्मतको काम भइरहेको विमानस्थल कार्यालयले जनाएको छ ।
अहिले काठमाडौंबाट अर्को जहाज लगेर यात्रुलाई काठमाडौं ल्याउने तयारी भएको जनाएको छ ।
काठमाडौं महानगरपालिकाले बिहीबारदेखि खसी, बोका, भेडाच्याङ्ग्राको परीक्षण सुरु गरेको छ। कामपाले पशु सेवा विभाग र वाग्मती प्रदेशको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रसँगको सहकार्यमा परीक्षण सुरु गरेको हो।
परीक्षणका क्रममा मासु खान योग्य देखियो भने सिङमा हरियो रङ लगाइन्छ। बिरामी भएर खान अयोग्य भेटियो भने सिङमा रातो रङ लगाइन्छ। बिरामी भेटिएका चौपायाको नमूना सङ्कलन गरेर परीक्षण पनि हुनेछ।
कामपा वरिष्ठ पशु चिकित्सक डा. अवधेश झाका कामपाभित्रका दसैं लक्षित चौपाया बजार कलङ्की, खाद्य संस्थान थापाथली परिसर, टुकुचा खसी बजार र बालाजु बाइपास क्षेत्र हुन्।
यी बजारमा बिहान ७ बजेदेखि १२ बजेसम्म एउटा टोली र १२ बजेदेखि ५ बजेसम्म अर्को टोली गरेर दुई वटा टोली अष्ठमीसम्म नियमित परिचालन हुनेछन्। कामपाले रोगी पशुपक्षीको ओसारपसार नगर्न, तोकेको स्थानमा मात्र चौपायाको बिक्री वितरण गर्न, स्वस्थताको चिनो (हरियो रङ) भएका चौपाया मात्र खरिद बिक्री गर्न, मासुलाई चिसोमा राख्न,
राम्ररी पकाएर मात्र प्रयोग गर्न सबैलाई आग्रह गरेको छ। कामपासँगै ललितपुरको लगनखेल (मच्छिन्द्र मावि पछाडि), भक्तपुरको लोकन्थली, सल्लाघारी, चाल्नाखेलको राँगा बजार, चन्द्रागिरि