
हाम्रो नेपाल हामी नेपालीका अभियन्ता ज्ञानेन्द्र शाही यसरी कोरोनाका बिरामी को लागि अस्पताल खोलेका छन् तर यहा ग्यास सिलिण्डरको गोदाममा गएका छन् । अक्सिजन सिलिडण्र को लाईनमा मान्छेको लाइन बसेका छन् रु दै क राउदै मेरो परिवार बचाइदिनुहोस् भन्दै ग्यास सिलिन्डरको गोदाममा रु दै लाइनमा बसेका छन् ।
SUGGESTED NEWS
Mgid
Mgid
Success Can Sometimes Be Too Much To Handle
Limelight Media
What If Covid-19 Hit Disney?
Zestradar
6 Album Covers Transformed For Middle-East Beyond Recognition
Zestradar
7 Proven Attraction Facts To Use The Next Time You Go On A Date
Zestradar
अर्को समाचार
प्रधानमन्त्री केपी शर्मा ओलीले तेस्रो पटक देशको प्रमुख कार्यकारीको पद सम्हालेका छन् । ओलीले शुक्रबार आफू नेतृत्वको पुरानै टिमलाई लिएर मन्त्रिपरिषद गठन गरेका छन्, जसमा गैर सांसदलाई समेत पुनः मन्त्रिपरिषदमा सामेल गरिएको छ ।
प्रधानमन्त्री ओलीले पूर्व माओवादीका नेताहरु रामबहादुर थापा ‘बादल’, टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह, मणिकुमार थापा, गौरीशंकर चौधरी, दा वा तामाङलगायतका गैर सांसद व्यक्तिलाई दोस्रो चो टि मन्त्री बनाएका हुन् । यीमध्ये मणि थापा, दावा तामाङ संघीय सांसदको सदस्य नै नरहेको अवस्थामा गत पुस १० गते सरकारमा सामेल भएका थिए । बादल, रायमाझी, भट्ट, साह, चौधरी पनि हाल संघीय संसदको सदस्य छैनन् ।
संविधानको धारा ७८ मा संघीय संसदको सदस्य नभएको व्यक्ति ६ महिनाका लागि मन्त्री हुन पाउने व्यवस्था रहे पनि त्यस्तो व्यवस्था प्रतिनिधिसभाको एउटा कार्यकालमा एक व्यक्तिका लागि एक पटक, बढीमा ६ महिनासम्म लागू हुने संविधानका जानकार बताउँछन् ।
वरिष्ठ अधिवक्ता डा। दिनेश त्रिपाठीका अनुसार संघीय सांसद नभएको व्यक्तिलाई ६ महिना पुगेको छैन भनेर दोहोर्याएर सरकारमा सामेल गर्नु असंवैधानिक र अ लोकतान्त्रिक हुने बताउँछन् । ‘यो धा रा एक पटक प्रयोग हुने हो, एउटै मानिसको हकमा पटक पटक त्यो धारा प्रयोग हुँदैन,’ उनले भने ।
एकैपटक धेरै ठूलो संख्यामा सांसद नै नभएका व्यक्तिलाई मन्त्री बनाइनु पनि लोकतान्त्रिक मूल्य र मान्यताभन्दा बाहिरको कुरा भएको उनको भनाइ छ । उनले भने, ‘कुनै खास परिस्थितिमा सम्बन्धित क्षेत्रको विज्ञ मानिस, जो सांसद छैन, विज्ञताकै कारण पनि उसलाई सरकारमा ल्याउन आवश्यक परिस्थिति सिर्जना भएको छ भने त्यस्तो अवस्थाका लागि धारा ७८ ले त्यो सुविधा दिएको हो ।’
VIDEO – https://www.facebook.com/watch/gyanendrasahii/