मंगलबार ०९ आश्विन २०८०

काठमाडौं । भारतमा क्लिनिकबाट औषधि किनेर खाएपछि नेपाली दिदी भाइको मृत्यु भएको छ । मृत्यु हुनेमा बुढीगंगा नगरपालिका-५ का मानबहादुर विककी ६ वर्षीया छोरी लक्ष्मी र तीन वर्षीय छोरा विशाल रहेका छन् ।

औषधी खाए पछि १०/१० मिनेटको फरकमा दिदी भाइको मृ,x त्यु भएको उनीहरुका बुवाले बताए । उनीहरुमा बान्ता हुने समस्य आएपछि उनका बुबाले दिल्लीस्थित शुभम डाइग्नोसिस सेन्टर नामक क्लिनिकबाट औषधि किने खुवाएका थिए । मृतक दुवै बालबालिकाको मंगलबार अन्त्येष्टि गरिएको बताइएको छ ।

क्लिनिकका डाक्टर बेदकुमार गर्गबिरुछ शालिमारबाग प्रहरी स्टेशनमा उजुरी दिंदै उनीमाथि कारबाहीको माग गरिएको छ। डाक्टर प्रहरीको निगरानीमा रहेको बताइएको छ । मृतक दिदी भाइ परिवारसँग दिल्लीको शालिमारबागमा बस्दै आएका थिए ।

आइतबार अपराह्न दुवै बच्चाले बान्ता गरेपछि मनबहादुरले शालिमारबागस्थित शुभम डाइग्नोस्टिक सेन्टरमा लगेर जँचाएका थिए ।

‘क्लिनिकका स्वास्थ्यकर्मी वेदकुमार गर्गले दिएको औषधि खाएपछि दुई बालबालिकाले झनै धेरै बान्ता गरे,’ घटनापछि प्रहरी र नेपाली दूतावाससँग समन्वय गरेका अखिल भारत नेपाली एकता मञ्चका केन्द्रीय सचिव आरवी खड्काले दिल्लीबाट टेलिफोनमा भने, ‘दोस्रोपटक क्लिनिक लगेपछि बच्चालाई सुई लगाइएको रहेछ ।

सुई लगाएपछि १०/१० मिनेटको फरकमा दुवै बच्चाको मृत्यु भयो ।’ दुवै बालबालिकाको मृत्युपछि मनबहादुरका आफन्तजन र नेपालीहरूले क्लिनिकबाहिर नाराबाजी गर्दै स्वास्थ्यकर्मीलाई कारबाहीका लागि माग गरेका थिए ।

‘घटनाका बारेमा थाहा भएलगत्तै हामी शालिमारबाग पुग्यौँ । आइतबार राति प्रहरीलाई सुरुमा जानकारी दिँदा राम्रो रेस्पोन्स भएन’ खड्काले भने, ‘तर, हामीले प्रहरीमा एफआइआर (फस्ट इन्फर्मेसन रिपोर्ट) गर्‍यौँ, तर भारतीय कानुनअनुसार स्वास्थ्यकर्मीलाई तत्कालै पxक्राxउ गर्न नमिल्दो रहेछ ।

लापरबाहीपूर्ण तरिकाले गलत औषधि दिएका कारण छोराछोरीको मृ,x त्यु भएको भन्दै मनबहादुरले उनीविरुद्ध कडा कारबाहीका लागि सोमबार माग गरिएको खड्काले बताए ।


Last Updated on: October 8th, 2021 at 5:00 pm
२६३ पटक हेरिएको

तपाईको प्रतिक्रिया