मंगलबार ०९ आश्विन २०८०

सन् २०१५ मा रूसको एक सैन्य भवन भत्किँदा रूस्तम नाबिवले आफ्नो दुवै खुट्टा गुमाए। रसियाली नागरिक उनै रूस्तमले गत शनिबार नेपालमा रहेको ८ हजार मिटर अग्लो मनास्लु शिखर सफल आरोहण गरे।

अहिले रूस्तमलाई विश्वभरबाट मानिसहरूले बधाइ र हौसला दिइरहेका छन्। रूस्तम पनि बधाइको ओइरोले मख्ख छन्।आफूभित्र आत्मविश्वास भए जुनसुकै काम पनि गर्न सकिने उनी बताउँछन्।

हिजो (बिहीबार) रसिया फर्किने तरखरमा रहेका रूस्तमले सेतोपाटीसँग भने, ‘मैले पनि यो काम गर्नसक्छु भनेरै गरेको हो र गरेँ पनि। त्यसैले म मानिसहरूलाई आफूमा विश्वास गर्नुस् भन्न चाहन्छु।

आफूमा विश्वास भयो भने जुनसुकै काम गर्न सकिन्छ। म विश्वलाई पनि यही सन्देश दिन चाहन्छु।’हुन पनि रूस्तमले दुवै खुट्टा गुमाएपछि आफूलाई कहिल्यै कमजोर हुन दिएनन्।

झन् ठूलो आत्मविश्वासका साथ जीवनलाई अगाडि बढाउँदै गए।‘किलर माउन्टेन’ नामले चिनिने ८ हजार १ सय ६३ मिटर अग्लो मनास्लु रूस्तमको पहिलो हिमाल आरोहण होइन। गत वर्ष नै उनले युरोपको सर्वोच्च शिखर ‘एल्ब्रस’ को सफल आरोहण गरिसकेका छन्।


Last Updated on: October 8th, 2021 at 5:16 pm
३४८ पटक हेरिएको

तपाईको प्रतिक्रिया