मंगलबार १४ चैत्र २०७९

काठमाडों । बाँकेको बैजनाथ गाउँपालिका-१ स्थित दीपज्योति स्कुलका प्रधानाध्यापक ४० वर्षीय दमन पाण्डे प,xक्रा,xउ परेका छन् ।जxबxरxजxस्ती क,र,णी र आ,x त्म,x ह,x त्या दुरुत्साहन सम्बन्धी कसूरमा किटानी जाहेरी परेपछि अनुसन्धानका लागि उनलाई प,xक्रा,xउ गरिएको इलाका प्रहरी कार्यालय, कोहलपुरका डीएसपी रवीन्द्र खनालले अनलाइनखबरलाई बताए । ‘जिल्ला अदालत, बाँकेबाट अनुसन्धानका लागि म्याद थप गरेर विस्तृत छानबिन भइरहेको छ,’ उनले भने, ‘प्रमाण संकलनको काम अब थालिनेछ ।’

दीपज्योति स्कुलबाट एसईई परीक्षा दिएकी १७ वर्षीया विद्यार्थी एलिसा शाहले ७ साउनमा गभरस्थित घरमा सलको पा,xसो,xमा झु,x ण्डि,x ए,x र आ,x त्म,x ह,x त्या गरेकी थिइन् । घटनाको एक सातापछि पीडितले दिएको जाहेरीका आधारमा शिक्षक प,xक्रा,xउ परेका हुन् ।

एलिसाका आफन्त आदर्श मल्लका अनुसार प्रहरीले किरियाकर्म सकेर जाहेरी दिन भनेकाले ढिलो उजुरी परेको हो । उनी भन्छन्, ‘काम सकेर आए सहज हुने भनिएपछि ढिला जाहेरी दिइएको हो ।’प्रलोभन देखाएर दुर्व्यवहार

प्रहरीले एलिसाले लेखेको सुसाइड नोट पनि बरामद गरेको छ, जसमा ‘हजुरको नाक काट्नुभन्दा बरु म आफैं मर्छु’ भनिएको छ । नोटको अन्तिममा उनले आफूलाई धेरै डर लागिरहेको पनि उल्लेख गरेकी छन् ।

‘नोटबाट उनले स्वेच्छाले नभई कसैका कारणले आ,x त्म,x ह,x त्या गर्नेसम्मको परिस्थिति सिर्जना भएको देखियो,’ एलिसाका बुबा वकिलजंगले दिएको किटानी जाहेरीमा भनिएको छ, ‘कसैसँग सम्बन्ध रहेको हुनसक्ने देखिएपछि फेसबुक एकाउन्ट खोलेर हेरेका थियौं ।’

म्यासेन्जरमा भएको कुराकानी हेर्दा एसईई दिएको विद्यालयका प्रधानाध्यापक पाण्डेसँग लामो समयदेखि ‘अस्वाभाविक कुराकानी’ भएको देखिएको उनको भनाइ छ । एलिसा कक्षा ११ मा रामजानकी उच्च माविमा पढिरहेकी थिइन्, तर पाण्डेले त्यहाँ पनि अध्यापन गराउने गरेको देखिएको छ ।

 

‘प्रिन्सिपल र शिक्षकजस्तो मर्यादित र सम्मानित पदमा कार्यरत पाण्डेले निःशुल्क ड्रेस र पुस्तक उपलब्ध गराइदिने, मोबाइलमा रिचार्ज गरिदिने, ल्यापटप किन्ने आश्वासन दिने गरेको पनि देखियो,’ एलिसाका बुबाले भनेका छन् ।

एक अनुसन्धान अधिकृतका अनुसार पनि फेसबुकमा शिक्षक पाण्डेले ‘तिमी मेरो लागि विशेष छौं, मिस यू, तिमी मलाई विश्वास गर्छौं होला, फोटो पठाइदेउ,’ जस्ता म्यासेजहरु गरेका छन् । ती म्यासेजबाट नाबालिक छोरीलाई ललाईफकाई झुक्याएर यौन शोषण समेत गरेको शाहको परिवारका सदस्यहरुको दाबी छ ।

‘प्रभावमा यौन शोषण समेत गरिरहेका बेला त्यसको जानकारी पाएपछि आफ्नो र परिवारको समेत बेइज्जत हुन्छ भन्ने डर, त्रासले आ,x त्म,x ह,x त्या गरेको देखिन्छ,’ आफन्त आदर्शले अनलाइनखबरसँग भने, ‘बहिनीको मिल्ने साथीहरुसँग सोध्दा पनि कोठाभित्र एक्लै राख्ने, अरुसँग कुराकानी गर्न र हिँडडुल गर्न पनि नदिने र अस्वाभाविक व्यवहार गर्ने गरेको खुलेको छ ।’

प्रहरीका अनुसार पाण्डेले मृxतकलाई ‘रेडमी नोट ९’ मोबाइल पनि किनिदिएको खुलेको छ ।कानूनले भन्छ- नाबालिकसँग सहमतिमै सम्बन्ध भएपनि बxलाx त्काx र…मुलुकी अपराध संहिताले नाबालिकसँग सहमतिमै शारीरिक सम्बन्ध भएपनि त्यसलाई जx बx रx ज xस्ती कxरxणी मानेको छ । तर पीडितले आत्महत्या गरिसकेको अवस्थामा जx बx रx जx स्ती कxरxणीxxको कसूरलाई स्थापित गर्न गाह्रो हुने कानूनका जानकारहरुले बताएका छन् ।

पहिलेभन्दा फरक प्रकृतिको घटना भएकाले प्रहरीले चाहिं सरकारी वकिलसँग समन्वय गरिरहेको छ । एक वकिलका अनुसार बालिका जीवित भएको भए उनको बयान र शारीरिक परीक्षणबाट बलात्कार भए/नभएको पुष्टि गर्न सकिन्थ्यो ।

अब परिस्थितिजन्य प्रमाण, म्यासेजमा भएको डिटेल र बालिकाको साथीहरुको बयानका आधारमा मुद्दा प्रक्रिया अघि बढाउनुपर्ने स्थिति रहेको ती वकिलले सुनाए । ‘च्याटमा सम्बन्ध झल्किने गरी कुराकानी भएको देखियो, स्थापित हुनसक्छ,’ उनी भन्छन्, ‘मेडिकल रिपोर्टबाट पनि यस्तो केसमा स्पष्ट खुल्दैन ।’विरोध प्रदर्शन..शिक्षक पाण्डेलाई शुक्रबार पxक्राxउ गर्न प्रहरी जाँदा स्थानीयले जुत्ताको माला लगाइदिने प्रयास गरेका थिए । त्यसक्रममा आक्रोशित स्थानीय र प्रहरीबीच घम्साघम्सीसमेत भयो ।

प्रदर्शनमा संलग्नहरुले सत्यतथ्य छानबिन गरेर दोषीमाथि कारबाही गर्न माग गरेका छन् । डीएसपी खनालले अनुसन्धानमा प्रहरीले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाए ।

 


Last Updated on: October 9th, 2021 at 11:54 am
१९२ पटक हेरिएको

तपाईको प्रतिक्रिया