
एजेन्सी । छोरी हराएको २४ वर्षपछि फेला पर्दा बाबुआमा कति खुशी होलान् ? चीनका एक बाबुले आफ्नी छोरी हराएको २४ वर्षपछि फेला पारेपछि खुशीले रोएका छन् । चार वर्षकी छोरी हराएका ती बाबुले अन्ततः दुई सन्तानकी आमा बनिसकेकी छोरी फेला पारेपछि निकै भावुक भए । सन् १९९४ मा वाङ मिङचिङ नामक व्यक्ति र उनकी पत्नी लिउ देङयिङ चेङ्दुको सडक किनारामा बसेर फलफूल बेच्ने गर्दथे।
एक दिन वाङ खुद्रा साट्न गएका बेला चार वर्ष पुग्न १० दिन मात्र बाँकी रहेकी उनीहरुकी छोरी वाङ चिफेङ हराएकी थिइन्। छोरी खोज्न उनीहरुले कुनै कसर बाँकी राखेनन् तर पनि समयमा भेटेनन् । अन्तत छोरी हराएको २४ वर्षपछि फेला पारे । कतिसम्म भने कुनै दिन हराएकी छोरी आफूहरुलाई खोज्दै आउने आशामा उनीहरुले सो इलाका पनि कहिल्यै छोडेनन्।
हराएकी छोरी, जो अहिले काङ यिङको नामले चिनिन्छिन्, ले आफूसँग मिल्ने तस्वीर देखिन् र छक्क परिन्। अन्ततः हराएको २४ वर्षपछि आफ्ना दुई सन्तानसहित उनी बुबालाई भेट्न आइपुगेकी छन्।
अफगानिस्तानमा एक मस्जिदमा आत्मघाती आक्रमण हुँदा ५० जनाको मृत्यु भएको छ । अफगानिस्तानको कुन्दुज प्रान्तको उत्तरपूर्वी क्षेत्रमा रहेको एक शिया मस्जिदमा उक्त आत्मघाती आक्रमण भएको थियो । सो आक्रमणमा परि १४० जना भन्दा बढी घाइते भएको अन्र्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् । एसोसिएटेड प्रेसले भने तालिबानका एक प्रहरी अधिकारीलाई उदृत गर्दै सो आक्रमणमा करिब एक सय जना मारिएको दाबी गरेको छ ।
शिया समुदायको शैय्यद अबद मस्जिदभित्र स्थानीय समयअनुसार १ः४० बजे शक्तिशाली विस्फोट भएको थियो । आज नमाज पढ्न मानिसहरु भेला भएका बेला विस्फोट भएको जनाइएको छ ।यो आक्रमण अमेरिकी सेनाले अफगानिस्तान छोडे पछि सबैभन्दा ठुलो आक्रमण भएका जनाइएको छ । आक्रमणको जिम्मा अहिले सम्म कुनै पनि संगठन तथा समुहले लिएको छैन । तर लामो समय देखी इस्लामिक स्टेटको सुन्नी मुस्लिम कट्टरपन्थी समूहले शिया समुदायलाई निशाना साँध्दै आएको छ ।