बुधबार १० आश्विन २०८०

राष्ट्रिय जनगणना २०७८ को पहिलो चरणअन्र्तगत जिल्लामा घर तथा घरपरिवार सूचीकरणमा तीन हजार बढी परिवार थपिएका छन् । पहिलो चरणको प्रारम्भिक प्रतिवेदनअनुसार ४८ हजार ८६७ घरधुरी अनलाइनमा दर्ता भएका जिल्ला जनगणना अधिकारी सुरेन्द्रप्रसाद पन्तले जानकारी दिनुभयो । विसं २०६८ को जनगणनामा यहाँ ४५ हजार परिवार थियो । उहाँले भन्नुभयो,“पहिलो चरणको प्रारम्भिक रिपोर्टअनुसार तीन हजार ८६७ परिवार थपिएका छन्, केही ठाउँको तथ्याङ्क अनलाइनमा समावेश गर्न बाँकी रहेकाले यो सङ्ख्या अझै बढ्न सक्छ ।”

केन्द्रीय तथ्याङ्क विभागले जिल्लामा ५० हजार परिवार रहेको हुनसक्ने अनुमान गरेको र त्यसैको हाराहारीमा परिवार सङ्ख्या पुग्ने जिल्ला जनगणना कार्यालयले जनाएको छ । भदौ ३० गतेदेखि असोज १८ सम्म सञ्चालन भएको जनगणनाको पहिलो चरणअन्तर्गत सुपरीवेक्षकहरु खटाएर घरपरिवारको सूचीकरण गरिएको थियो । जिल्लामा घरपरिवार सूचीकरणका लागि ८० सुपरीवेक्षक परिचालित थिए ।

मूल जनगणना कार्तिक २५ देखि मङ्सिर ९ गतेसम्म सञ्चालन हुने कार्यालयले जनाएको छ । यसका लागि ३१५ गणक खटाइने तयारी भएको छ ।विसं २०६८ को जनगणनाअनुसार जिल्लाकोे जनसङ्ख्या दुई लाख ५० हजार ८९८ रहेकामा ४५ हजार परिवार सङख्या पुगेको थियो ।

यो पनि – ट्राफिक व्यवस्थापनका सामाग्री हस्तान्तरण

व्यासनगरपालिकाले शुक्रबार जिल्ला ट्राफिक कर्यालयलाई ३७ थान ट्राफिक व्यवस्थापनका सामग्री हस्तान्तरण गरेको छ ।नगरप्रमुख बैकुण्ठ न्यौपानेले सवारी दुर्घटना कम गर्न सहयोग पु¥याउने उद्देश्यले जिल्ला प्रहरी कार्यालयका प्रमुख दिनेशराज मैनालीलाई पार्किङ निषेधित क्षेत्र २५, सावारी साधन प्रवेश निषेध पाँच, गति सीमित तीन, सम्भावित सवारी दुर्घटना क्षेत्र एक, बिद्यालय क्षेत्रमा गति सीमित एक, सवारी साधन बिसौनी एक, हेभी गाडी पार्किङ एक लेखिएका सामग्री हस्तान्तरण गर्नुभएको हो ।
दमौली बजार क्षेत्रलाई लक्षित पहिलो चरणमा ट्राफिक व्यवस्थापनका सामग्री सहयोग सहयोगस्वरुप उपलब्ध गराइएको उहाँले बताउनुभयो । प्रहरी उपरीक्षक मैनालीले यस्ता सचेतनामूलक बोर्डले सवारी दुर्घटनामा न्यूनिकरणमा सहयोग पुग्ने अपेक्षा गर्नुभयोे ।

प्रतिक्रिया दिनुहोस


Last Updated on: October 9th, 2021 at 1:19 pm
१८६ पटक हेरिएको

तपाईको प्रतिक्रिया