शुक्रबार १५ मंसिर २०८०

बाँके जिल्लाको राप्ती सोनारी गाउँपालिका १ गाबार भन्ने ठाउँमा अहिले पाटेबाघको आतं’क नै मच्चिएको छ । पाटे बाघको जताततै बि’गबि’गी भए पछि गाउका मान्छेहरु अहिले बाहिर घाँस दाउरा गर्न पनि जान डरा’उन थालेका छन । कतिबेला कताबाट आएर आ’क्रमण गर्ने हो भन्ने उनिहरुलाई डर छ । कहिले बस्ती तिरै बाघ पसेर आक्रमण गर्ने त कहिले जङ्गलमा घाँस दाउरा गर्न गएको बेला आक्रमणको सिकार हुने त्यहाका बासिन्दाको दैनिकी जस्तै बनिसकेको भनाई उनिहरुको छ ।

केही दिन अघि सोही स्थानमा पाटेबाघको आक्रमणबाट मृ’त्यु भएको थियो । अहिले फेरि गोठाला गएका तीन जनालाई पाटेबाघको एक समुहले नै घेरा बन्दी गरि आक्रमण गरेको छ । तर उनिहरु जसोतसो त्यहाबाट भागेर निस्कन सफल भएको उनिहरु बताउँछन । गोठाला गएको समयमा ४ वटा बाघको समुहले आफुहरुलाई चारै तिरबाट झम्टिएर लखेटेको उनिहरुले बताए । आफुहरु भाग्दै रुखमा झुण्डिएर ज्यान बचाउँन सफल भएकोमा आफ्नो दिन आई नपुगेकोले बचेको उनिहरुको भनाई छ ।

आफु माथी रुखमा तल चारै तिर बाघ हुदा आफुहरु डरले केही बोल्न पनि नसकेको उनिहरुको भनाई छ । दैनिक घाँस दाउरा तथा गोठाला जानेहरुलाई पनि यसरी नै डर र दुख फेरि भोग्नु नपरोस भन्ने लागेर नै आफुहरुले सम्बन्धित निकायसम्म कुरा पुगोस र त्यसको रोकथामको लागि केही पहल होस भन्नका लागि आफुहरुले यो कुरा मिडियासम्म ल्याउन चाहेको उनिहरुको भनाई रहेको छ । बाघले स्थानीयलाई लामी समयदेखी निरन्तर दुख दिदै आएता पनि बाकेँ राष्ट्रिय निकुञ्जबाट कुनै चासो नदेखाएको उनिहरुको गुनासो रहेको छ ।

पाटे बाघले कहिले गाउँ बस्ती तिरै पसेर मान्छेलाई आक्रमण गर्ने त कहिले घर पालुवा जनावरहरु भैसिँ, गाई, बाख्रा इत्यादी मारेर खाईदिने गरेको उनिहरुको भनाई छ । बस्ति मै आएर पनि आक्रमण गर्ने बाघले गोठालो जादाँ झनै ज्यान जोखिम हुने उनिहरु बताउँछन । कहिले चराउन लगेको गाई बाख्रा खाईदिने त कहिले मान्छेलाई आक्रमण गर्ने उनिहरुको भनाई छ । बाघकी आक्रमणमा परेकी एक महिलाका अनुसार भैंसी चराउन गएकी उनी बाघ देखे पछि रुखमा चडेको बताईन । रुखमा चडेर हेर्दा चारैतिर बाघ देखेको उनले बताइन ।

वरिपरि रहेका बाघले घरी भैंसी लखेट्ने त कहिले बाख्रा । उनले त्यसरी देखे पछि आफू चिच्याउदा बाघले आफुलाई पनि देखेको उनको भनाई छ । रुख पनि बाघ चढ्ने हुदा उनको त्यो स्थिति झनै डरलाग्दो भयो । उनको उद्दार भने निकुञ्जका हात्ती डुलाउनेले गरेको उनले बताईन । त्यस्तै अर्कि महिलाका अनुसार आफुहरु बाख्रा लिएर फर्किदै गर्दा अगाडी बाघ झम्टिएको उनले बताईन । साथमा बाख्रा भएकोले बाघ बाख्रा तिर लागे पछि आफुहरु भागेर ज्यान बचाउन सफल भएको उनिहरुको भनाई छ । (भिडियो हेर्नुस)


Last Updated on: October 9th, 2021 at 2:50 pm
२२६ पटक हेरिएको

तपाईको प्रतिक्रिया