शनिबार २३ मंसिर २०८०

सल्यान जिल्लामा घटेको यस घटनापछि स्थानीय निकायमा कस्ता जनप्रतिनिधि चुनिन सक्छन् भन्ने उदाहारण भएको छ ।

PROMOTED CONTENT
Mgid
Mgid

She Was Trying To Stop Her Cat’s Fungal Infection From Spreading
Brainberries

You Are Not A Real Movie Fan If You Haven’t Seen These Flicks
Brainberries

Best Car Manufacturers In The World
Brainberries

प्रधानमन्त्री बन्न नपाएका शेरबहादुर माथि जितु नेपालले यस्तो के गरे? हेर्नु…
वडा अध्यक्ष भनेका सुख दुखमा जनताको घर दैलोमा पुगेर सेवा दिनका लागि चयन गरिन्छन् ।

तर सल्यानको त्रिवेणी गाउँपालिका–४ का वडाध्यक्ष छविलाल शर्मा भने अर्कै घटनाका कारण चर्चामा थिए । उनी वडा कार्यालय भित्र पर स्त्रीसँग मध्यरातमा भेटिएका थिए ।

श्रीमान् विदेश रहेका ती महिलासँग वडा अध्यक्ष शर्माको लामो समयदेखि हिमचिम थियो ।

सो कुराको सुइको पाएका गाउँलेहरुले उनको पिछा गरेर राति वडा कार्यालय भित्र दुबैलाई रंगे हात समातेका थिए ।
महिलालाई वडाध्यक्षले वडा कार्यलयमा लगेपछि स्थानीयले दुवैजना बसेको कोठामा बाहिरबाट चुक्कुल लगाइदिएका थिए ।

त्यसपछि प्रहरीले रातको एक बजे महिलासहित वडाध्यक्षलाई इलाका प्रहरी कार्यालय लुहाम पु-याएको थियो ।

वडाध्यक्षले भने वडा कार्यालयमा तो ड फो ड भएको भन्दै प्रहरीलाई फोन गरेका थिए ।

यो घटना गत बर्ष असारको हो । त्रिवेणी गाउँपालिका–४ का वडाध्यक्ष छविलाल शर्माका श्रीमती र दुई छोरा छन् । उनी सल्यानको लुहाममा बस्दै आएका छन् ।

घटना भएपछि स्थानीयवासीले वडा कार्यालयमा ताला लगाएका थिए । उनलाई कारवाहीको माग समेत गरेका थिए ।

सार्वजनिक पदधारण गरेको व्यक्तिले खुलेआम वडा कार्यालयमै अनैतिक काम गरेको प्रमाणित हुँदा समेत कारबाही गर्नुको साटो प्रहरीले उल्टै छाडेको भन्दै स्थानीयले बिरोध गरेका थिए ।

उनकै वडा सदस्य सीता बस्नेतले असन्तुष्ट गाउँलेहरुको नेतृत्व गरेर आफ्ना वडा अध्यक्षको बिरोध गरेकी थिइन् ।


Last Updated on: May 14th, 2021 at 6:32 pm
७०० पटक हेरिएको

तपाईको प्रतिक्रिया