
यति कलिलो खाउखाउ लाउलाउ भन्ने उमेर तिम्ले बहिनी कसरी यस्तो काम गर्न पुग्यौं। अछाम, जिल्ला तुर्माखाँद गाउँपालिका ३ आमी, अछाम निवासी समाजसेवी श्री प्रेमबहादुर वि.सी को छोरी धना वि.सी को अ’साय’मीक र आ’कस्मिक नि’धनले सिङ्गो गाउँ रोएको छ।
PROMOTED CONTENT
Mgid
Mgid
She Was Trying To Stop Her Cat’s Fungal Infection From Spreading
Brainberries
You Are Not A Real Movie Fan If You Haven’t Seen These Flicks
Brainberries
Best Car Manufacturers In The World
Brainberries
प्रधानमन्त्री बन्न नपाएका शेरबहादुर माथि जितु नेपालले यस्तो के गरे? हेर्नु…
*** यो समाचार को पूरा भिडियो हेर्न तल क्लिक गर्नुहोला ***
यो पनि पढ्नुहोस
तपाईंमध्ये कतिका श्रीमती गर्भावस्थामा होलान् । जुन दिनदेखि श्रीमतीमा गर्भ रह्यो भन्ने थाहा पाउनु भयो, फरक अनुभूति भयो नै होला ।
केही खुसी, कोही रोमाञ्चकता । खासगरी अहिले एक वा दुई सन्तानको योजना बनाइन्छ ।
पहिलो सन्तानको प्रतिक्षामा त अझ मन थप उथलपुथल हुने नै भयो । आफुलाई ‘बुबा’ भनेर सम्बोधन गरेर सुन्न कति आतुर हुँदो हो ।
यस्तो अवस्थामा तपाईंले श्रीमतीमाथि प्रेममय व्यवहार गरिरहनु भएकै होला । किनभने उनको गर्भमा हुर्कने बच्चा नै तपाईंको भविष्य हो । तपाईंको खुसी हो । तपाईंको उमंग हो । उनै सन्तानका खातिर तपाईं आफ्ना दु:खहरु भुल्नुहुनेछ ।
आफ्ना पीडाहरु भुल्नुहुनेछ । निश्चय पनि तपाईं चाहनुहुन्छ कि, मेरो सन्तान यस्तो होस् । यसका लागि तपाईंले यस्तो परिकल्पना गर्नुहुन्छ, जसको स्मरण गर्दा तपाईंको शरीरका अवयव स्वतस्फूर्त रोमाञ्चित हुनपुग्छ । मन उद्वेलित हुन्छन् ।
हो, श्रीमती गर्भवती भइरहँदा तपाईंमा खुसी अनुभूतिहरु दौडन थालेका छन् । तर, यसका लागि आफ्नो दायित्व, अभिभारालाई बुझ्ने प्रयास गर्नुभएको छ ?
तपाईंले बुझ्नुपर्ने श्रीमतीको मन : श्रीमतीले भन्दैनन्, यतिबेला मलाई तपाईंको सामिप्यता चाहिन्छ । प्रेमिल वातावरण चाहिन्छ । सुखी र खुसी माहौल चाहिन्छ । शान्त र उमगंमय ठाउँ चाहिन्छ ।
यी कुरा तपाईंले अनुभूत गर्ने हो । जब श्रीमती गर्भावस्थामा हुन्छन्, उनीहरु शारीरिक-मानसिक रुपमा निकै संवेदनशील चरणमा हुन्छन् । तपाईं त आफ्ना सन्तान प्राप्तिको आशमा खुसी हुनुहुन्छ । तर, त्यही सन्तानलाई सकुशल जन्माउनका लागि श्रीमतीले जीवन-मरणको लडाई लड्नुपर्ने हुन्छ ।
प्रसुती-पीडामा कति छटपटी हुन्छ, कति गंभिर हुन्छ, कति संवेदनसिल हुन्छ, कति दुखदायी हुन्छ भन्ने कुरा केवल तपाईंकी श्रीमतीले भोग्ने हो । त्यस्तो पीडा सहेर आमा बन्नका लागि तपाईंकी श्रीमतीलाई पक्कै सजिलो छैन ।
तपाईंले बुझ्नुपर्ने श्रीमतीको मनोदशा : भोलिका त्यही अवस्थामा झेल्नुपर्ने संभावित पीडाले हरेक गर्भवतीमा भय हुन्छ । एकातिर बच्चालाई काखमा लिएर खेलाउने रोमाञ्चकता, अर्कोतिर प्रसव पीडाको भय ।
यस्तो अवस्थामा श्रीमतीको मनोदशा कस्तो हुन्छ होला ? यो कुरा तपाईंले बुझ्नुपर्छ । श्रीमतीको शारीरिक र मानसिक अवस्थालाई बुझेर पारिवारिक माहौल त्यही किसिमको बनाइदिनुपर्छ, जसले उनीहरुलाई सधै खुसी, सुखी अनुभूत गराइरहोस् ।
तपाईंलाई हेक्का हुनुपर्छ, गर्भवती अर्थात आमाको मनोवृत्तिले गर्भको बच्चामा प्रत्यक्ष असर पारिरहेको हुन्छ । गर्भावस्थामा उनको ख्याल राख्नुभयो, खुसी र सुखी राख्नुभयो भने गर्भको बच्चामा कुनै किसिमको विकार नआउन सक्छ ।
कतिसम्म भनिन्छ भने, गर्भवती महिला तनावग्रस्त अवस्थामा छन् भने गर्भको बच्चाले त्यसको तनाव झेलिरहेका हुन्छन् । के तपाईं गर्भबाटै आफ्नो बच्चालाई यातना दिनुहुन्छ ? होइन भने, गर्भवती श्रीमतीलाई त्यो सम्पूर्ण वन्दोवस्ती गरिदिनुहोस्, जसले उनलाई हरदम खुसी तुल्याउन सकोस् ।
खुसीका लागि भौतिक सुविधा मात्र पर्याप्त हुँदैन । भौतिक सुविधा सबैले उपलब्ध गराउन सक्छ भन्ने पनि होइन । भावनात्मक, व्यवहारिक रुपमा उनको लागि खुसीको वातावरण तय गरिदिनुहोस् ।
तपाईंले बुझ्नुपर्ने श्रीमतीको भावना: गर्भावस्थामा श्रीमती खुसी, शान्त त हुनुपर्छ नै सकारात्मक पनि । उनीहरुको मनमा आउने भावले गर्भको बच्चालाई प्रभाव पार्ने भएकाले यसबेला आमाले सकारात्मक सोंच राख्नुपर्छ भनिन्छ ।
सकारात्मक चिन्तन गर्नुपर्छ भनिन्छ । त्यही कारण कतिपयले धर्मकर्ममा पनि प्रेरित गर्ने गर्छन् । धर्मकर्म गरिरहँदा अनावश्यक पीडा, दुख, समस्या भुलिन्छ । साथै मनलाई भक्तिभावमा लगाएपछि खुसी प्राप्त हुन्छ ।
तपाईंले बुझ्नुपर्ने श्रीमतीको बोझ : तपाईंलाई थाहै छ, यो अवस्थामा शारीरिक रुपले गह्रौं काम गर्नु हुँदैन । शरीरलाई बोझिलो हुने कुनैपनि कुरा गर्नका लागि वाध्य नबनाउनुहोस् । यसमा तपाईंले आफ्नो परिवारलाई पनि सर्तक गराउन सक्नुहुन्छ ।
किनभने हामीकहाँ ‘बुहारी’, ‘भाउजु’को रुपमा कर्तव्य निर्वाह गर्नु निकै गाह्रो छ । भाउजु वा बुहारी भएपछि घरासयी कामकाज सबै भ्याउनुपर्छ भन्ने मान्यता कतिपयमा हुन्छन् । यस्तो मान्यताकै कारण गर्भावस्थामा पनि उनीहरु शारीरिक बोझ उठाउने गर्छन् । यसले भोलिका दिनमा समस्या निम्त्याउन सक्छ ।
तपाईंले बुझ्नुपर्ने श्रीमतीको खुसी : श्रीमतीसँग प्रेमिल व्यवहार गर्नुहोस् । उनी के कुरामा रमाउँछिन्, के कुराले उनलाई खुसी तुल्याउँछ भन्ने कुरामा चासो राख्नुहोस् । मिठो, मसिनो खानेकुरा बनाएर दिने, घुमाउने, रमाइलो कथाहरु सुनाउने जस्ता कुराले उनीहरुलाई सन्तुष्ट तुल्याउने अभ्यास गरौं ।
यतिबेला उनीहरुले एक किसिमको असुरक्षा महसुष गर्न सक्छन् । एक किसिमको भयले उनीहरुमा वास गर्न सक्छ । त्यसैले श्रीमतीलाई कुनैपनि अवस्थामा असुरक्षाको अनुभव हुन नदिनुहोस् । हरेक कुरामा ढुक्क र निर्धक्क हुनका लागि प्रेरित गर्नुहोस् ।
तपाईले बुझ्नुपर्ने श्रीमतीको स्वास्थ्य : गर्भावस्थामा खानपानको विशेष भूमिका हुन्छ । खानपानको सोझो असर गर्भको बच्चामा पनि पर्छ । तर, कतिपय महिलाहरु गर्भवती भएपछि खाना खानमा रुची राख्दैनन् ।
उनीहरु भिन्न किसिमको शारीरिक अवस्थाबाट गुजि्ररहेका र मानसिक दवाव पनि झेलिरहेका हुनाले खानपानमा अरुची हुनसक्छ । यस्तो अवस्थामा झर्को नमानी कसरी पोषिलो खानेकुरा ख्वाउने ? भन्ने कुरामा ख्याल राख्नुहोस् ।
गर्भावस्थामा मधुर संगीत सुन्नु पनि राम्रो मानिन्छ । यसले उनीहरुमा मानसिक विश्राम मिल्नका साथै गर्भको बच्चालाई समेत प्रभाव पार्ने विभिन्न अध्ययनमा देखाइएको छ ।
त्यसैले घरमा सांगीतिक माहौल पनि बनाउनुहोस् । सबै हाँसीखुसी, रमाइलो भए श्रीमतिले आफुलाई एक्लो र असुरक्षित अनुभूत गर्ने छैनन् । गर्भ रहेपछि विभिन्न चरणमा शारीरिक परीक्षण गराइरहनुपर्छ । यस्तो अवस्थामा आफुसँगै लगेर शारीरिक परीक्षण गराउनुहोस् । परीक्षणपछि आउने रिपोर्टले के भन्छ ? त्यही बमोजिम आवश्यक तयारी गर्नुहोस् ।
गर्भावस्थामा कतिपय औषधीको सेवन, मदिराजन्य पदार्थको सेवन आदि राम्रो मानिदैन । यस कुरामा पनि श्रीमतीलाई सम्झाउनुहोस् ।
गर्भावास्थमा श्रीमती कुनै शारीरिक पीडाबाट पो गुजि्ररहेकी छिन् कि ? दिसा-पिसाबको अवस्था के छ ? पेट दुखाई कस्तो अवस्थाको छ ? हातखुट्टा सुन्निएको छ कि छैन ? मधुमेह, उच्च रक्तचापको अवस्था के छ ? इत्यादि कुरामा चासो राख्नुहोस् ।
यदी कुनैपनि समस्या भएमा त्यसको चिकित्सकिय समाधान खोज्नुहोस् । तर, यस अवस्थामा श्रीमतीलाई डर पैदा हुने किसिमको व्यवहार नगर्नुहोस् । प्रसवको लागि कहाँ लाने, कसरी लाने सबै तयारी गर्नुहोस् । संभव भएसम्म नजिकको अस्पताल खोज्नुहोस् ।
यदी प्रसुतीको अवस्थामा केही जटिलता भए के गर्ने ? त्यसका लागि पूर्व तयारीको अवस्थामा बस्नुहोस् ।
बच्चा जन्मिएपछिका अवस्थामा पनि कसरी दुध चुसाउने, दुध नआएको खण्डमा के गर्ने भन्ने कुरामा जानकारी राख्नुहोस् । यावत् तनाव र दायित्व श्रीमतीलाई होइन, आफुले लिनुहोस् । निर्वाह गर्नुहोस् । तब न तपाईं परफेक्ट श्रीमान् !