बुधबार १० आश्विन २०८०

साउदी शहर जेद्दाहको नागरिक विमानस्थलमा ड्रोन हमलामा १० जना घाइते भएका छन्। यमनको इरान समर्थित हुथी विद्रोहीलाई उक्त घटनाको दोषी ठहराइएको छ।

साउदी समाचार एजेन्सी एसपीएले यमन सरकारको साथमा लडिरहेको साउदी नेतृत्वको गठबन्धनले शुक्रबार भएको आक्रमणमा घाइते हुनेहरूमा यात्रु र विमानस्थलका कर्मचारीहरु रहेको बताइएको छ।

गठबन्धनका प्रवक्ता तुर्की अल–माल्कीका अनुसार बम प्रयोग गरिएको ड्रोन आक्रमणको पछाडि इरान समर्थित हुथी मिलिशियाको हात रहेको छ।

यमनको सीमाबाट करिब ६० किलोमिटर जाजानको किंग अब्दुल्लाह एयरपोर्टमा भएको आक्रमणले केही भौतिक क्षति पुर्याएको जनाइएको छ।

शिया हुथीहरूले साउदी अरेबियामा पछिल्ला दिनहरूमा हमला बढाएका छन्।

रातो मच्छिन्द्रनाथ बनाउन ५५ वर्षदेखि संलग्न रहनुभएका दिलकुमार बाराहीलाई यस वर्षको अमूर्त सम्पदा सम्बन्धी अन्तर्राष्ट्रिय अवार्ड प्रदान गरिएको छ । कोरियाको झेन्जु नगरले अमूर्त संस्कृति सम्पदा संरक्षणमा उल्लेखनीय योगदान पु¥याउने व्यक्तिहरूलाई वर्षेनी सो पुरस्कार दिँदै आएको छ । नेपालीले सो पुरस्कार पाएको यो नै पहिलो पटक हो ।

कोरियाको झेन्जु सहरमा बिहीबार भएको एक समारोहकाबीच उहाँलाई ‘झेन्जु अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मान गरिएको हो । सो वर्ष भौतिक उपस्थिति मा नै प्रदान गर्ने तय गरिए पनि कोरोनाको सङ्क्रमणका कारण अनलाइन मार्फत उहाँलाई सो पुरस्कार प्रदान गरिएको हो । सो पुरस्कारका नगद राशी १० हजार डलर धनराशी (नेपाली रुपैयाँ ११ लाख भन्दा बढी) रहेको छ ।

बाराही रातो मच्छिन्द्रनाथ रथको काठको संरचना बनाउने बाराही नाईके हुनुहुन्छ । सो पुरस्कार ताजिकिस्तानका डा। सिरिन्बेक दाभ्लाटमामाडोभ र इटलीया एल फेल्जलाई पनि प्रदान गरिएको थियो । बाराही नाईकेलाई सो पुरस्कार दिन डा। मोनालिसा महर्जनले विशेष पहल गर्नुभएको थियो ।

नेपालको सम्पदा विषयमा विद्यावारिधि गर्नुभएका महर्जनले सो पुरस्कारको लागि बाराही काम सम्बन्धी विवरणहरु कोरियाको सम्बन्धित संस्था समक्ष पठाउनुभएको थियो । सो पुरस्कारका कारण संस्कृति र सम्पदा क्षेत्रमा काम गर्ने मानिसहरुलाई विशेष प्रोत्साहन मिल्ने पनि डा। महर्जनको भनाई रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

 


Last Updated on: October 10th, 2021 at 10:37 am
४८६ पटक हेरिएको

तपाईको प्रतिक्रिया