
ऐजेन्सी – पछिल्लो समय विश्वमञ्जमा छोटो भिडियोको लागि निकै चर्चित एप हो टिकटक । यो बर्ष धेरै डाउनलोडा हुने एपको रुपमा फेसबुकको एकाकरलाई तोडदै एक नम्बरमा समेत पर्न सफल भएको छ ।यो एपबाट लुकेर रहेको प्रतिभाहरु बाहिर उजागार गर्दै सबै सामु चिन्न अनि चिनाउन समेत सफल भएको छ । पर्यटन क्षेत्र होस या अन्य क्षेत्र यसको माध्यमबाट लाखौ लाख सम्म पुग्ने भएकाले छिटै प्रचार प्रसार गर्नमा मद्दत पुगेको यसको सबल पक्ष हो भने टिकटक बनाउने नाममा कतिपयले अल्प आयुमै आफ्नो ज्या’न गु’माईरहेका छ ।
युवा पिडी होस चाहे बुडाबुडि नै किन नहोस टिकटकमा छोटो भिडियो बनाई अपलोड गरेर सवै माझ निकै भाईरल भइरहेको छ । यो एप कलाकारिता क्षेत्रमा लाग्नेको लागि भने एक अचुक औषधी नै बन्न पुगेको छ ।
टिकटक सावैको सामु भाईरल हुने नाममा मान्छेहरु यति सम्म गर्छन कि त्यो हाम्रो कल्पनाको विषय भन्दा बाहिरको विषय हो । यो एपलाई विश्वको विभिन्न देशमा बन्द गर्ने क्रम भने जारी रहेको छ । यो एप भारतमा पनि चिनसँगको विवादसँगै बन्द रहेको छ ।
यो चाईनिज एप भन्दै बन्द गरेको हो । तर टिकटक भारतमा बन्द हुनु भन्द अगिाडि भारतमा एक रोचक घटना घटेको छ ।भारतको तेलंगााना खम्मम नगर निगमले कार्यलय समयमा कार्यलयको काम नगरी टिकटकमा समय विताएको भन्दै निगमको ११ कर्मचारीलाई तलब कटौती गर्नुका साथै उनीहरुको तलब नदिने तथा जागिरबाट समेत निकाली काराबाही गरेको छ ।
कार्यालय समयमा कार्यलयको काम नगरी टिकटक भिडियो बनाइरहेको बेला उनीहरुलाई पटक पटक फेला परेको थियो । त्यतिमात्रै नभएर उनीहरुले बनाएको उक्त भिडियो सोसल मिडियामा भाईरल हुनेको साथै टेलिभिजनका लागि समाचार समेत बनेको बताइएको छ ।
यसरी कार्यलय समयमा भिडियो बनाएर कार्यलयको बेइज्जत गरेको भन्दै करारमा भर्ना गरिएका ११ जना कर्मचारीलाई तलब कटौति गर्ने,सरुवा गर्ने आदेश निगम प्रमुखले दिएका थिए ।