
काठमाडौ । प्रहरी हिरासतमा रहेका थुनुवाको ज्यान गएको विषयलाई लिएर जिल्ला प्रहरी कार्यालय सुनसरी परिसरमा बवाल भएको छ । सो क्रममा केही प्रहरी समेत घाइते भएका छन् ।
पी डि तका आफन्त र प्रहरीबीच झ ड प भएको हो । प्रहरीले आधा दर्जनभन्दा बढी अ श्रु ग्यास समेत प्र हा र गरेको छ । घटनामा प्रहरीसहित १० जनाभन्दा धेरै घाइते भएका छन् । प्रदर्शनकारीले पूर्व(पश्चिम राजमार्ग बन्द गरेका छन् ।
अ भ द्र व्यवहार मु द्दामा पक्राउ परेका भोक्राहा(५ का मोहम्मद हकिम साह अनुसन्धानको क्रममा थुनामा थिए । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख सञ्जय सिंह थापाले घटना अनुसन्धानको क्रममा रहेकाले छानबिन हुने बताए ।
घटनाका क्रममा प्रहरी कार्यालय र परिसरका संरचनामा क्ष ति समेत पुगेको छ । इनरुवा बजार क्षेत्रमा ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको छ ।
यो पनि पढ्नुहोस: पोखराकी बिनाको घरमा ९ जना पुरुषले गर्दा रहेछन् यस्तो अनौठो काम
काठमाडौं, १८ असोज(काठमाडौं महानगरपालिका(६ बौद्ध तिनचुली नागमन्दिर नजिकै कुल बहादुर सुनुवारको घरमा जुवातास खेलिरहेको अवस्थामा काठमाडौं महानगरपालिका(६ बौद्ध बस्ने ४० वर्षीय सन्जु थापा लगायत ११ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ।
उनको घरमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ८२ हजार ७ सय ५ रुपैयाँ, १ बुक तास र २७ थान कौडा सहित फेला पारी पक्राउ गरेको हो।
कास्की, पोखरा महानगरपालिका(१९ गैरीखोर बस्ने बिना पुनको घरमा तास खेलिरहेको अवस्थामा सोही महानगरपालिका(१९ लामाचौर बस्ने अन्नपूर्ण गाउँपालिका घर भएका ६२ वर्षीय याम गुरुङ लगायत ९ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ।
उनको घरमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ३४ हजार ३ सय ७० रुपैयाँ र ३ बुक तास सहित फेला पारी पक्राउ गरेको हो।
यसैगरी कास्की, पोखरा महानगरपालिका(१९ लामाचौर बस्ने हरिमायाँ पुनको घरमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने माछापुच्छ्रे गाउँपालिका घर भएका २७ वर्षीय राजु पुन लगायत ९ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ।
उनको घरमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ४५ हजार ७ सय ५० रुपैयाँ र ३ बुक तास सहित फेला पारी पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।