सोमबार १० आश्विन २०७९

जनता समाजवादी पार्टी, नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादवले मन्त्री बनाइएकाहरूलाई लिएर असन्तुष्टि भएको छ ।

उपेन्द्र यादवकै छोरा अमरेन्द्र यादवले फेसबुकमा स्टाटस लेखेर जमानत जफत भएकाहरूलाई मन्त्री बनाएर ठूलो गल्ती भएको जनाएका छन् । अमरेन्द्रले मन्त्री छनौट र सिफारिसप्रति असन्तुष्टि जनाएका हुन् ।

उपेन्द्र यादवका आफ्नै छोराले असन्तुष्टि जनाएपछि जसपाभित्र कति ठूलो विद्रोह होला भनेर अनुमान लगाउन सकिन्छ । अमरेन्द्रले मन्त्रीहरूलाई शुभकामना दिन नसकिने पनि भनेका छन् ।

‘दुर्भाग्यपूर्ण मनोनयन केन्द्रीय कार्यकारिणीदेखि अधिकारिकतासम्म अहोरात खट्ने जनताका नायकहरू छुट्ने र कोठे बैठकहरूमा रमाउने बिगतका चुनाव र भविष्यमा पनि जमानत जफत हुनेहरूको बोलवाला देखेर मन दुःखित भयो’, अमरेन्द्रले फेसबुकमा लेखेका छन् ।

उनले भनेका छन्, ‘रामसाहायजी र राजेन्द्रजी बाहेकलाई शुभकामना दिन असमर्थ छु ।’ जसपाबाट चार जना मन्त्री बनेका छन् । मन्त्री बन्नेहरूमा महिन्द्र राय यादव र रेणु यादवप्रति छोरा अमेरन्द्रको आक्रोश छ ।

जसपामा राम्रा र संगठन गरेका सांसदहरूलाई मन्त्री बनाएको छैन । महन्थ ठाकुरलाई छाडेर आएका सांसदहरू पनि मन्त्री बन्न पाएका छैनन् ।

 


Last Updated on: October 10th, 2021 at 1:45 pm
१३० पटक हेरिएको

तपाईको प्रतिक्रिया