मंगलबार ०९ आश्विन २०८०

माओवादी केन्द्र प्रदेश १ संसदीय दलका नेता ईन्द्र आङ्बोले मुख्यमन्त्री भीम आर्चायमा नैतिकताको अभाव भएको बताएका छन् । आइतबार प्रदेशसभा बैठकका क्रममा बोल्ने आङ्बोले मुख्यमन्त्रीले संविधान अटेर गरेको बताउँदै उनमा नैतिकता नभएको बताएका हुन् ।

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले विश्वासको मत लिइसकेको र बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य लिने प्रक्रियामा रहेको उल्लेख गर्दै उनले प्रदेश १ का मुख्यमन्त्रीमा भने नैतिकता नभएको बताए ।

‘माननीय मुख्यमन्त्रीमा नैतिकता रहेनछ भन्ने लाग्यो’, उनले भने, ‘अरू प्रदेशका मुख्यमन्त्रीले विश्वासको मत लिइरहँदा उहाँ भाग्न खोज्दै हुनुहुन्छ । यसैले मलाई लाग्छ उहाँभन्दा टाढा छ नैतिकता । मुख्यमन्त्री आचार्यका लागि नैतिकता कुन चरीको नाम ?’

 

दसैँको रौनक सुरु भएसँगै काठमाडौँमा खसी बोका, च्याङ्ग्रा व्यापार बढ्दो छ। सरकारी स्तरबाट खाद्य व्यवस्था तथा व्यापार कम्पनी र निजी क्षेत्रका व्यापारीहरूलाई समेत खसी बोका बेच्न भ्याई नभ्याई छ ।

काठमाडौँको थापाथलीस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनीमा खसी बोका किन्नेको भिड बढ्दो छ । कम्पनीले दसैँलाई लक्षित गरेर शनिवारबाट खसी बोकाको विक्री सुरु गरेको हो ।

कम्पनीमा प्रतिकेजी ६ सय ४० रुपैयाँ मूल्यमा विक्री वितरण गरेको छ । निजी व्यापारीले बेच्नेभन्दा खाद्य कम्पनीले दिने खसी बोका केही सस्तो पर्ने भएकाले भिड लाग्ने गरेको छ ।

कम्पनीले २ हजार खसी बोका विक्रीका लागि ल्याएको छ । माग बढे आवश्यकता अनुसार ल्याउने जनाएको छ । खाद्यले बेच्ने खसी बोकामा विश्वास र बजारमा मूल्यभन्दा सस्तो समेत हुने गरेको छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीमा खसी किन्न आउने उपभोक्ताहरू समेत दशैका सहजै खसी किन्न पाएकोमा खुसी छन्।

 


Last Updated on: October 10th, 2021 at 4:02 pm
१७७ पटक हेरिएको

तपाईको प्रतिक्रिया