
नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्र बहादुर हमालले पदबाट राजीनामा दिनुको कारण विभिन्न छन् । ती मध्ये एक ज्योतिषी रहेको तथ्य प्रकाशमा आएको छ ।
स्रोतका अनुसार विवाद हुदैँमा केही पनि हुदैँन भन्दैं त्यसलाई वेवास्ता गरेर अगाडी बढ्ने सोचमा रहेका हमालले ज्योतिषीको सुझावपछि राजीनामा दिने मुड बनाएका थिए ।
पदबाट आजै राजीनामा बुझाएका हमालले स्ववेकले राजीनामा दिएको बताएका छन् । उनले १० बजे प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर राजीनामा बुझाएका छन् । नेपालको संविधानको धारा ७७ को उपधारा २ मा मन्त्रीले प्रधानमन्त्रीसामू लिखित राजिनामा बुझाएपछि मन्त्रीपद स्वत खारेज हुने व्यवस्था छ ।
आफू मन्त्री भएपछि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायालयमाथि नै प्रहार गर्न थालिएकोमा असन्तुष्टि पोख्दै हमालले पदबाट राजीनामा दिएका हुन् ।
हमालले आजै राजीनामा दिने घोषण गरेका थिए । आफूले कांग्रेसमा चार दशकभन्दा लामो समय सक्रिय राजनीति गरेको उनको भनाई छ ।
तर, पार्टीमा आफूले पुर्याएको योगदानको चर्चा नभएको र नाता परेकै कारण प्रधानन्यायाधिश जबरालाई मुछेर आलोचना भएकोमा उनी असन्तुष्ट छन् । उनले आफूलाई ज्योतिषले पनि राजीनामा दिन सुझाएको खुलाए ।
उनले भने, “मेरो गुरु ज्योतिषले पनि मलाई राजीनामा दिँदा नै उपयुक्त हुन्छ भन्नुभयो, त्यसैले राजीनामा दिन लागेको हुँ ।”