शुक्रबार १५ मंसिर २०८०

२४ असोज, बुटवल । रुपन्देहीको मोतिपूर औद्योगिक क्षेत्रको जग्गामा बसोबास गर्ने सुकुम्बासी समूहसँगको झडपपछि उत्पन्न परिस्थितिलाई सामान्य बनाउन स्थानीय प्रशासनले कर्फ्यु लगाएको छ ।

आइतबार ४ बजेदेखि अर्को सूचना जारी नहुन्जेलसम्मका लागि पूर्वमा तिनाउ नदी, पश्चिममा हरिहरपुरको खेती योग्य जमिन, उत्तरमा शिवनगर रानीगञ्ज वस्ती र

दक्षिणमा बुटवल उपमहानगरपालिका-१८ औद्योगिक करिडोरको जमिन रहेको भागसम्म लागू हुने गरी कर्फ्यु जारी गरिएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले जारी गरेको सूचनामा उल्लेख छ ।

औद्योगिक क्षेत्रको जग्गामा अस्थायी रुपमा बसोबास गर्ने सुकुम्बासी समूह र प्रहरीबीच झडप हुँदा प्रहरीले गोली चलाउँदा केही घाइते भएका छन् ।

काठमाडौं । सहरी विकास मन्त्रालयको पदभार सम्हाल्दा रामकुमारी झाँक्री यति खुशी देखिनुभयो की लाग्छ उहाँले होस् हावास नै गुमाउनसक्नुहुन्छ ।

छेउमा बस्ने कर्मचारी त चकित नै भए । बाहिरी स्वभाव हेर्दा कतै मन्त्री निक्कै वजनदार कडा हुनुहुन्छ की कडा रुपमा प्रस्तुत भएर केही निर्देशन पो दिनुहुने हो की भन्ने लागेका कर्मचारी समेत वाल्ल पर्नुभयो ।

भित्र प्रवेश गर्ने वित्तिकै उहाँका थामिएर कुर्सीमा समेत बस्न सक्नुभएन । उहाँ बस्न खोज्दा कुर्सी गुडेर पछि तर्फ गयो । झण्डै त्यही लड्नुभएन ।

सम्हालिएर तानेर कुर्सीमा बस्नुभयो । अगाडी कर्मचारी पत्रकार, सहकर्मी धेरै उपस्थित हुनुहुन्थ्यो । त्यसपछि केही बोल्दै हास्न थाल्नुभयो ।

 


Last Updated on: October 10th, 2021 at 5:57 pm
१९८ पटक हेरिएको

तपाईको प्रतिक्रिया