शुक्रबार १९ जेठ २०८०

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री जुलीकुमारी महतोले आज मन्त्री पदको पदभार ग्रहण गरेसँगै चारवटा महत्वपूर्ण निर्णय गरेकी छन् ।

PROMOTED CONTENT
Mgid
Mgid

Success Can Sometimes Be Too Much To Handle
Limelight Media

She Was Trying To Stop Her Cat’s Fungal Infection From Spreading
Brainberries

You Are Not A Real Movie Fan If You Haven’t Seen These Flicks
Brainberries

साथी बन्ने भए कम्मेन्टमा Hi लेखनु होस म तपाईलाई 5 मिनेट पछि Request पठाउने…
मन्त्री महतोका स्वकीय सचिव सञ्जित मण्डलले लोकान्तरलाई दिएको जानकारीअनुसार कार्यकालको पहिलो दिन नै मन्त्री महतोले देशैभरि प्रसुती व्यथा लागेका महिलालाई सुत्केरी गराउनका लागि हेलिकप्टरबाट उद्धार गरिने निर्णयमा हस्ताक्षर गरेकी छन् ।

राष्ट्रपति उद्धार कार्यक्रमअन्तर्गत यसअघि विकट जिल्लाबाट मात्र हेलिकप्टरमा उद्धारको व्यवस्था थियो ।
विद्यमान कार्यविधिलाई संशोधन गरेर देशभरिबाट उद्धार गरिने गरी संशोधन गर्ने निर्णय गरिएको मण्डलले बताए ।‘

यसअघि हेलिकप्टरबाट उद्धार गरेर काठमाडौंमा ल्याउँदा फर्किने बेलामा यातायातको खर्च दिने गरिएको थिएन,’ मण्डलले लोकान्तरसँग भने, ‘

तर, महतोजी २०७७ पुस ४ गते मन्त्री बनेपछि उपचारपश्चात फर्किने बेलामा जनही २० हजार रुपैयाँको दरले यातायात खर्च उपलब्ध गराउने निर्णय गरेर कार्यान्वयनमा ल्याउनुभएको थियो।’

त्यसैगरी कोभिड संक्रमणका कारण अभिभावकत्व गुमाएका बालबालिकाको जिम्मा मन्त्रालयले लिने निर्णय पनि भएको छ ।

राष्ट्रिय बाल परिषदको सिफारिशमा त्यस्ता बालबालिकाको तथ्यांक संकलन गरेर अभिभावकत्व यस मन्त्रालयले लिने निर्णय गरिएको उनले बताए।

त्यसैगरी २०५१ साल पुष ११ गते मनमोहन अधिकारी सरकारको पालामा निर्णय गरिएको राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसर प्रत्येक प्रदेशबाट २/२ जना गरी १४ जना ज्येष्ठ नागरिकलाई २/२ लाख रुपैयाँको दरले

पुरस्कृत गर्दै सम्मानित गर्ने निर्णय गरिएको उनले बताए।त्यसबेहक अहिले कोभिडको संक्रमणका कारण प्रभावित भएका बालबालिका,

ज्येष्ठ नागरिक तथा महिला समेतको उपचारका लागि मन्त्रालयले व्यवस्थापन गर्ने निर्णय गरिएको छ ।

 


Last Updated on: May 15th, 2021 at 1:37 am
७५५ पटक हेरिएको

तपाईको प्रतिक्रिया