मंगलबार १२ मंसिर २०८०

काठमाडौं। राजा त्रिभुवनकी छोरी पूर्व अधिराजकुमारी भारती राज्यलक्ष्मीदेवी भंजको आइतबार नि धन भएको छ। तत्कालीन राजकुमारी भारतीको ९२ वर्षको उमेरमा भारतको ओडिशा राज्यको बरिपाडास्थित आफ्नै निवासमा नि धन भएको थियो

यसअघि ठिक १ महिना अगाडि गएको जेठ २८ मा भारतीकी दिदी, पूर्व अधिराजकुमारी नलिनी राज्यलक्ष्मी देवी सिंहको ९५ वर्षको उमेरमा नयाँ दिल्लीस्थित आफ्नै निवासमा नि ध न भएको थियो ।

नलिनिको नि ध नपछि राजा त्रिभुवनका छोराछोरीमध्ये भारती मात्र बाँकी थिइन् । हिजो भारतीको नि धन भएसँगै अब राजा त्रिभुवनका छोराछोरी कोही पनि बाँकी रहेनन् । भारती मयुरभंज राज्यकी राजमाता थिइन् ।

त्यहाँका तत्कालीन राजासँग भारतीकाे विवाह भएको थियो । भारतीको १७ फेब्रुअरी सन् १९२८ मा नारायणहिटी राजदरबारमा जन्म भएको थियो ।

 

सन् २०१८ को विश्वकप विजेता फ्रान्सले युइएफए नेसन्स लिगको उपाधि हात पारेको छ । आइतबार राति इटालीमा भएको फाइनल खेलमा स्पेनमाथि २–१ गोलको जित निकाल्दै फ्रान्सले उपाधि हात पारेको हो ।

सान सिरोमा फ्रान्सलाई जिताउन करिम बेन्जेमा र किलियन एम्बाप्पेले एक–एक गोल गरे । स्पेनका मिकेल ओयार्जाबालले एक गोल गरे ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको उक्त खेलको ६४औँ मिनेटमा ओयार्जाबालले गोल गर्दैै स्पेनलाई सुरुआती अग्रता दिलाएका थिए ।

त्यसको दुई मिनेट नबित्दै बेन्जेमाले गोल गरेर फ्रान्सलाई बराबरीमा फर्काए । ८०औँ मिनेटमा एम्बाप्पेले गोल गरेपछि फ्रान्सले उपाधि जितेको हो ।

यसअघि सेमिफाइनल खेलमा फ्रान्सले बेल्जियम तथा स्पेनले इटालीलाई हराएका थिए ।

 


Last Updated on: October 11th, 2021 at 10:50 am
६०४ पटक हेरिएको

तपाईको प्रतिक्रिया