सोमबार १८ मंसिर २०८०

सन् २०२२ मा कतारमा आयोजना हुने विश्वकप छनोट खेलमा ब्राजिलले पहिलो बराबरी खेलेको छ । विश्वकपको दक्षिण अमेरिकी छनोटअन्तर्गत सोमबार बिहान भएको खेलमा ब्राजिलले कोलम्बियासँग गोलरहित बराबरी खेलेको हो ।

कोलम्बियाको मैदानमा नेयमारसहित मैदान उत्रिएको ब्राजिलले गोल गर्न सकेन । दुवै टिमले प्रतिस्पर्धात्मक खेल खेलेपनि गोल गर्न सकेनन् । बराबरीसँगै दुवै टिमले एक–एक अङ्क बाँडे ।

यस बराबरीसँगै ब्राजिलको विजयी यात्रामा पूर्णविराम लागेको छ । यसअघि उसले आफ्ना नौ खेलमा लगातार जित निकालेको थियो । १०औँ खेलमा बराबरी खेलेको ब्राजिलले २८ अङ्क बनाएको छ । ऊ अङ्कतालिकाको शीर्ष स्थानमा छ । कोलम्बिया भने १५ अङ्कका साथ पाँचौँ स्थानमा छ ।

 

काठमाण्डौ । चलचित्र छायांकनका लागि बलिउड कलाकारहरु काठमाण्डौ आएका छन् । चलचित्र ‘उचाई’को छायांकनका अनुपम खेर, परिणती चोपडा लगायत ३ जना कलाकार नेपाल आएका हुन् । काठमाडौ आइपुगेका अनुपमले मंगलवार बिहान पशुपतिनाथ मन्दिरमा पुगेर पुजा गरेका छन् ।

पशुपतिमा पुगेर पुजा गरेपछि उनले सामाजिक संजालमा एक भिडियो पोष्ट गर्दै भनेका छन्–‘नेपालको राजधानी काठमाडौंमा अवस्थित पशुपतिनाथको मन्दिरमा आएर पुजा गर्ने अवसर मिलेको छ । यहाँ आएर पुजा गर्न पाउँदा आफूलाई भाग्यमानी ठान्छु । बर्षौ पहिले यस्ता मन्दिरहरुको स्थापना भएको छ । यो देखेर आनन्द महशुश हुन्छ ।’

यो चलचित्रको छायांकनका लागि अनुपमको साथमा बोमन इरानी, परिणिती चोपडा लगायतका कलाकार नेपाल आएका छन् । केही दिन पछि अमिताभ बच्चन र डेनी डेनजोङपा पनि आउने बताइएको छ । उनीहरु ४० दिनको सेड्यूल लिएर यो चलचित्र छायांकनका लागि नेपाल आएका हुन् ।

अनुपमले विश्वभरका लाखौं भक्तहरु पशुपतिनाथमा पुजा गर्न आउने बताए । आफूले सबै मानिसको स्वस्थ जीवनका लागि पशुपतिनाथमा पुजा गरेको भिडियोमा उल्लेख गरेका छन् । उनले भने–‘मैले सबैको तर्फबाट पुजा गरेको छु । मलाई निक्कै नै खुशी लागेको छ ।’

सुरज बडजात्याको निर्देशनमा बन्न लागेको यो चलचित्रमा नायक अमिताभ बच्चनको पनि मुख्य भूमिका छ । मंगलवारदेखि काठमाडौंबाट छायांकन सुरु हुने फिल्मलाई लुक्ला, लाङटाङ, मनाङ र मुस्ताङ लगायतमा छायांकन गरिने जनाइएको छ । फिल्मका अन्य कलाकारहरु अमिताभ बच्चन र डेनी डेनजोङपा भने आइपुगेका छैनन् ।

मंगलवार काठमाडौं ल्यान्ड गरेको जानकारी दिँदै अनुपमले आकाशबाट काठमाडौं उपत्यकाको भिडिओ सेयर गरेका थिए । मित्रताको कथा पेश गर्ने फिल्म निर्देशक वर्जत्यको सातौं निर्देशकीय फिल्म हुनेछ । भिडियो

 


Last Updated on: October 11th, 2021 at 10:55 am
३२४ पटक हेरिएको

तपाईको प्रतिक्रिया