मंगलबार ०९ आश्विन २०८०

जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एंव प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले रेसुंगा नगरपालिका वडा नम्वर ८ का तिलक परियारलाई चार लाख राहत स्वरुप प्रदान गर्नुभएको छ । राहत प्रदान गर्दै पौडेलले दुःखमा राज्यसँगै रहेको बताउनुभयो ।

यता रेसुंगा नगरपालिका वडा नम्वर ८ का वडाअध्यक्ष भरत भलामीले पीडित परिवारलाई दुई लाख २८ हजार ५२८ रुपियाँको चेक प्रदान गर्नुभएको छ ।

गुल्मी सेवा समाज जापानमा ७२ जनाले संकलन गरेर पठाएको सो रकमको चेक पीडित परिवारलाई भलामीले प्रदान गर्नुभएको हो । भलामीले पीडित परिवारको घरलाई पुनः निर्माण गर्ने काम भइरहेको जानकारी दिनुभयो ।

गत असोज ५ गते राति घर माथिबाट आएको पहिरोले पुरिएर तिलक परियारका २१ वर्षीया भावना परियार , १४ वर्षीया गंगा जमुनाको मृत्यु भएको थियो ।

असोज २५ गते शनिबार राती ९ बजे अनिताको अमेरिकाको फ्लाइट थियो । उनका श्रीमान अमेरिकामै बस्दै आएका थिए । त्यसै अनुरुप उनी पनि श्रीमानसगैँ बस्न अमेरिका जान लागेकी थिइन । तर २० गते दिउँसो करिब २ बजे तिर उनी आफ्नै कोठामा पं’खामा झु’न्डि’एको अवस्थामा मृत फे’ला परिन । मृ’त्यु पछि उनका कोठामा नो’ट भेटिएको छ । सबै आफ्ना कुराहरुको नो’ट बनाएर लेख्ने बानी गरेकि अनिताले आफ्नो घरमा आफू माथी हुने गरेको ब्याबहारको बारेमा पनि नोटमा लेखिकी छिन ।

रुपन्देही जिल्लाको बुटवल स्थित देबिनगरकी अनिता रेग्मी करिव तीन वर्ष अघि बुटवल नजिकै ढवाह बस्ने सुमन खनालसगँ बिबाह भएको थियो । परिवारबाटै उनिहरुको मागी बिबाह भएको थियो । बिहे भएको एक महिना मै अनिताका श्रीमान सुमन अमेरिका गएका थिए । त्यस पछि एक पटक नेपाल आएका सुमनले अनितालाई पनि अमेरिका लैजाने प्रक्रिया थालेका थिए । अमेरिकामा नेपाली गरगहनाको निकै महत्त्व भएकोले अनिताले आफ्ना गरगहना लिएर जाने तयारी गरेकी थिइन । तर उनकि सासुलाई त्यो कुरा मन परेन । सोही कारण उनलाई विभिन्न मानसिक त’नाव दिएकोले यो घ’टना भएको उक्त नोटबाट बुझ्न सकिने अनिताका माइती पक्षको भनाई छ ।

अनिताद्वारा लेखिएको त्यो नोटले यो घटनालाई झन र’ह’स्यमय बनाएको छ । यो सब हुनुमा अनिताको घरकै परिवारजनको हात हुनसक्ने कुरामा शं’का गर्ने ठाउ भने प्रशस्त रहेको छ । अनिताका माइतीपक्षले यो ह’त्यामा घरभित्रकै मान्छेको हात रहेको र षड्यन्त्रपुर्बक मारिएको कुरा पनि बताएका छ्न तर अनिताका घरका भने यो मान्न तयार छैनन ।

अनिताको नोटअनुसार उनको देवरसग खासै राम्रो सम्बन्ध नरहेको कुरा स्पष्ट हुन्छ तर देवर भने भाउजुसग राम्रै सम्बन्ध भएको बताउछन जबकी अनिताले भने देवरले राम्रो व्यबहार नगरेको कुरा आफ्नो नोटमा स्पष्ट लेखेकी छिन । देवरले जहिले डेढे आखाले हेर्ने गरेको कुरा उनले स्पष्ट आफ्नो नोटमा लेखेका छन र दाजुले यसमा सहि थपेकोमा देवर भने भाउजुलाइ जहिलेपनि एउटिआमाको नजरले हेरेको कुरा बताउछन ।

 


Last Updated on: October 11th, 2021 at 12:12 pm
२४८ पटक हेरिएको

तपाईको प्रतिक्रिया