मंगलबार १६ आश्विन २०८०

उदयपुर। उदयपुरको कटारी नगरपालिका– ४ कटारी बजारका एक अटो चालकले आफ्नो अटोमा छुटेको आठ लाख रुपैयाँ बराबरको गरगहना फिर्ता गरेर उदाहरणीय काम गरेका छन्।

अटोमा चढेका यात्रुले आठ लाख रुपैयाँ बराबरका गरगहना र लत्ता कपडा आफ्नो अटोमा छाडेको पाएपछि उनले उक्त सामान सम्बन्धितलाई बुझाएका हुन्।

उदयपुरगढी गाउँपालिका– ६ दनुवारबेँसीकी मेनुका राईका सामान कटारी नगरपालिका– ४ सिम्लेका खड्गबहादुर तामाङको स१ह १२३१ नम्बरको अटोमा छुटेका थिए।

यात्रु ओसारपसारमा व्यस्त रहने ५५ वर्षीय तामाङले त्यस दिनको आफ्नो सबै काम सकेर फर्किए। उनले अटो पछाडि हेर्दा सुनको गरगहना भएको महत्त्वपूर्ण सामान र लत्ता कपडाले भरिएको झोला भेट्टाए। उनले सुरुमा कस्को हो भन्ने कुनै पहिचान गर्न सकेनन्।

धेरै सोच्दा पनि सामान कसको हो भनेर पहिचान गर्न नसकेका उनले अर्को दिन काम छाडेर सामान धनीको पहिचानमा जुटे। धेरै सोचेपछि उनले सामान धनीको पहिचान गरे।

सामान धनीको पहिचान गरी तामाङले इलाका प्रहरी कार्यालय कटारीको रोहवरमा धनीलाई सामान बुझाएको बताए।

प्रतिक्रिया दिनुहोस्

 


Last Updated on: October 11th, 2021 at 1:33 pm
२८३ पटक हेरिएको

तपाईको प्रतिक्रिया