बिहिबार ११ आश्विन २०८०

प्रतिनिधिसभाको बैठकमा ‘गोली हान्न पाइँदैन, जनता मार्न पाइँदैन’ भन्दै एमाले सांसदहरूले नाराबाजी गरिरहेका छन् ।

चालू नवौँ अधिवेशनको पहिलो बैठकदेखि नै एमाले सांसदहरूले नाराबाजी गर्दै आइरहेका छन् । सोमबार पनि रोष्ट्रम अगाडि उभिएर एमाले सांसदहरूले ‘देश लुट्न पाइँदैन, गोली हान्न पाइँदैन जनता मार्न पाइँदैन’ भन्दै नाराबाजी गरिरहेका छन् ।

नाराबाजीका बीच सभामुख अग्निप्रसाद सापकोटाले बैठकमा कार्यसूचीमा प्रवेश गराएका छन् ।

आफ्नो पार्टीले कारबाही गरेका १४ सांसदमाथि कारबाहीको सूचना टाँस नगरेको भन्दै एमाले सांसदले सभामुख सापकोटाको विरोध गर्दै आएका छन् ।

धेरै मानिसको पेट ग्यास भरिएर ढुस्स भइरहेको हुन्छ। यसलाई सामान्य समस्या ठानेर बेवास्ता पनि गर्छन् मानिसले।तर ग्यासका कारण भोक कम लाग्ने, छाती दुख्ने, सास लिन समस्या हुने र पेट फुल्ने समस्या आइलाग्छ । ग्यासका बारेमा पत्ता लगाउँदा यसबाट छुटकारा पाउन सजिलो हुन्छ ।

भारतको जयपुरस्थित नेसनल इन्स्टिच्युट अफ आयुर्वेदमा चिकित्सक डा सीआर यादवले ग्यास्ट्रिक समस्याका पाँच कारण र बच्ने उपायका बारेमा बताएका छन् ।पेटमा राम्रा र नराम्रा ब्याक्टेरियाहरूको सन्तुलन बिग्रँदा ग्यास बन्छ । कहिलेकाहीँ कुनै रोगको साइडइफेक्टका रूपमा पनि यस्तो सन्तुलन बिग्रन्छ ।

लसुन, प्याज र दानादुनीले ब्याक्टेरियाको सन्तुलन बिगार्छन् । त्यसैले यी कुराहरू नखानुस् ।उमेर बढ्दै जाँदा पाचन प्रणाली कमजोर हुँदै जान्छ । दूध र (दहीबाहेक) दूधबाट बनेका कुराहरू राम्ररी पच्न पाउँदैनन् र ग्यास बन्छ ।

पैंतालीस वर्षमाथिका मानिसले दही मात्र खानुस्, अरू कुनै दुग्धपदार्थ नलिनुस् ।

कब्जियतको समस्या हुँदा शरीरका विषाक्त पदार्थ राम्ररी बाहिर निस्कन पाउँदैनन् । त्यसले गर्दा पनि ग्यास बन्छ ।दिनभरिमा १० गिलास पानी पिउनुस् । फाइबर बढी भएको खानेकुरा खाने गर्नुस् ।

कुनै एन्टीबायोटिकहरूका कारण पेटमा राम्रो ब्याक्टेरिया बन्न पाउँदैनन् । यसले गर्दा पाचन खराब हुन्छ अनि ग्यास बन्छ ।एन्टीबायोटिक लिएपछि पाचनमा समस्या आएमा चिकित्सकलाई भनेर ग्यास्ट्रोरेजिस्टेन्ट औषधि लेख्न भन्नुस्

कहिलेकाहीँ छिटोछिटो खाना खाँदा राम्ररी पच्न पाउँदैन र ग्यास बन्ने समस्या आइलाग्छ ।खाना खाँदा आरामले चपाएर खानुस् अनि बिस्तारै पच्न दिनुस् । खाना खाँदा गफ नगर्नुस् ।

मैदाबाट बनेका कुरा, जंक फूड अनि बाहिरबाट तारेको खानेकुरा नखानुस् ।सन्तुलित आहार लिनुस् अनि दिनको आधी घन्टा व्यायाम गर्नुस्।

 


Last Updated on: October 11th, 2021 at 3:50 pm
२४५ पटक हेरिएको

तपाईको प्रतिक्रिया