शुक्रबार १२ आश्विन २०८०

खेल्दा खेल्दै पा,सो लागेर चितवनमा ८ वर्षिया बालिकाको गयो ज्यान,निराजन घिमिरे, वैशाख ३१, चितवन – आफ्नै भाईबहिनि संग खेल्दा खेल्दै सलको पासो लागेर चितवनमा एक बालिकाको ज्यान गएको छ ।

चितवन जिल्ला रत्ननगर नगरपालिका वार्ड नं. १६ दोबाटो बजारमा डेरागरी बस्ने संगीता सुनुवार कि ८ वर्षिया छोरी संजिता सुनुवारको सलको पासो लागेर ज्यान गएको हो ।

शुक्रबार बिहान करिब ९:३० बजे घटना घटेको घरबेटी ईश्वर श्रेष्ठले बताए ।“३ जना बालबालिका आफ्नै कोठामा खेलिरहेका थिए । बालिकाकी आमा शौचालय गएकी थिइन् । त्यति नै बेला घटना घटेको संगै डेरा गरि बस्ने महिलाले उज्यालो नेपाललाई बताईन् ।

पलंग संगै रहेको झ्यालको रडमा सल अड्काएर खेल्दैगर्दा पलंग बाट चिप्लिएर घटना घटेको हुन सक्ने इलाका प्रहरी कार्यालय टाँडीका प्रहरी नायव उपरिक्षक ईन्द्र बहादुर रानाले जानकारी दिए ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

 


Last Updated on: May 15th, 2021 at 1:45 am
३७९ पटक हेरिएको

तपाईको प्रतिक्रिया