
धरानः धरानको नवदुर्गा अटो प्यालेसमा एक महिलाले स्कुटी किन्दा बाइक पनि हात पारेकी छिन् ।
धरान–८ ट्राफिक प्रहरी कार्यालयसँगै रहेको अटो प्यालेसमा उनले सुजुकीको एक्सेस स्कुटर खरिद गरेकी थिइन् । सो स्कुटर खरिद गर्दा उनले लक्की ड्र कुपनमार्फत् मोटरसाइकल उपहार पाएकी हुन् । धरान–७ की पूजा ताम्राकारले सुजुकी ब्राण्डको स्कुटी खरिद गरेकी थिइन् । उनले उपहार पाएपछि श्रीमान निश्चल पलिखेलाई लिएर सो मोटरसाइकल लिएर फर्किएकी छिन् ।
अटो प्यालेसका प्रोप्राइटर दुर्गा भुजेलले २ लाख ६३ हजार ९ सय रुपैयाँको स्कुटर खरिद गर्दा उनले ३ लाख २९ हजार ९ सयको इन्टुडर मोटरसाइकल उपहार पाएको जानकारी दिए । यो मोटरसाइकल १५० सिसीको भएको र सुजुकीको उत्कृष्ट उत्पादनमा पर्नेमध्येको एक हो ।
‘दशैं आयो, उमङग छायो’ अफर अन्तर्गत लक्की ड्र कुपनमार्फत् उनले मोटरसाइकल उपहार पाएकी हुन् । प्यालेसका सञ्चालक भुजेलले नेपाल अधिराज्यभरिबाट सुजुकीको स्कुटर र मोटरसइकल खरिद गरेका ग्राहकहरुमध्ये लक्की ड्र कुपनमार्फत् हरेक १५ दिनमा एकजना भाग्यशाली ग्राहकले सुजुकी इन्टुडर मोटरसाइकल उपहार पाउने बताए ।
त्यसैअन्तर्गत शुक्रबार गरिएको लक्की ड्रमा स्कुटर खरिद गरेकी उनले मोटरसाइकल उपहार पाएकी थिइन् । उनले मोटरसाइकल समेत जित्दा हर्षित बनेको प्रतिक्रिया दिइन् । कार्यक्रममा उपस्थित नेपाल पत्रकार महासंघ सुनसरीका पूर्व अध्यक्ष केशव घिमिरेलगायत अन्य पत्रकारहरुले पनि बधाई दिँदै चाबी हस्तान्तरण गरिएको थियो ।
स्रोतः हाम्रो कोशी आवाज