
कास्कीको घान्द्रुकमा जीप दुर्घटना हुँदा चालकसहित ८ जनाको मृ,त्यु भएको छ ।
जीपमा सवार ९ जनामध्ये १ जना भने भीरमा अड्किएर बाँच्न सफल भएका छन् ।
उनीहरूको प्रहरी र स्थानीयबासीले उद्धार गरिरहेको छ। मृतकको सनाखत गर्ने तयारी गरेको कास्की प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) सुवास हमालले बताए ।
पोखराबाट घान्द्रुक जान सोमबार दिउँसो २ बजे छुटेको ग १ ज ६९०० नम्बरको बोलेरो जीप दु,र्घटनामा परेको हो । घान्द्रुकको कलाभीरमा पुगेर जीप मोदी खोलामा खसेको स्थानीयबासीले बताएका छन् ।
दुर्घटनामा जिप चालक कास्की अन्नपूर्ण गाउँपालिका -५ नयाँपुलका ४२ को खुसीमान क्षेत्री, काठमाण्डौ ३ गंगवु घर भई पोखरा घुम्न आएका १८ वर्षीय जिनलव घिसिङ, २४ वर्षीया सुजा चौधरी, २० वर्षीया लिजा चौधरी,
२० वर्षीय सुमन चौधरी, २२ वर्षीय अछुतम काफ्ले, १८ वर्षीय आशिष आले र गोरखा घर भएका २७ वर्षीय विनय क्षेत्रीको मृ,त्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी नायब उपरीक्षक श्रवण कुमार विकले जानकारी दिनुभयो