बिहिबार ११ कार्तिक २०७८

बार्सिलोनाका स्ट्राइकर मेम्फिस डिपाए चम्किएको खेलमा नेदरल्यान्डले बिश्वकप तथा युरोपेली छनोट खेलमा जिब्राल्टारको पोस्टमा आधा दर्जन गोल गरेको छ ।

घरेलु मैदानमा मेम्पिसले दुई गोल र दुई असिस्ट उपलब्ध गराउँदा नेदरल्यान्ड्सले जिब्राल्टारमाथि ६–० को फराकिलो जित हासिल गरेको हो । नेदरल्यान्डको जितमा डिपाएले दुई गोल गर्दा भर्जिल भान डाइक, डेन्जेल डेम्फ्रेज, अर्नाउट डानजुमा र डोनियल मालेनले समान एक गोल गरे । यसअघि मेम्पिसले पेनाल्टी चुकाउन पुगेका थिए। जसका कारण उनी ह्याट्रिक गर्न असफल भए ।

जितसँगै समूह ‘जी’मा नेदरल्यान्ड १९ अंक जोडेर शीर्षस्थानमा छ । पराजित जिब्राल्टार अंकबिहीन हुँदै पुछारमा छ । यही समूहको अर्काे खेलमा टर्कीले लात्भियालाई २–१ ले तथा नर्वेले मोन्टेनग्रोलाई २–० ले पराजित गरेको छ ।

आज बडा दसैंको छैटौं तर तिथि अनुसार सातौं दिन हो । आज अपराह्न घरघरमा स्थापना गरिएको नवदुर्गा एवं दसैंघरमा फूलपाती भित्र्याइँदैछ ।

घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको स्थानमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्र्याइन्छ ।

नौ थरीको फूल वा पात हुने भएकाले यसलाई नवपत्रिका समेत भनिन्छ । यसलाई नवदुर्गाको पार्षद् अर्थात सहायकको रुपमा भित्र्याइने प्रचलन छ । केरामा ब्रह्माणी, दारिममा रक्तदन्तिका, धानमा लक्ष्मी, हलेदोमा दुर्गा, मानवृक्षमा चामुण्डा, उखुमा कालिका, बेलपत्रमा शिवा, अशोकमा शोकरहिता र जयन्तीमा कात्तिकी देवीको आह्वान गरी पूजा गरिन्छ ।

हनुमान ढोका दरवारको दसैंघरमा गोरखा जिल्लाबाट ल्याएको फूलपाती भित्र्याउने परम्परा छ । गोरखाबाट धादिङको जीवनपुरसम्म दसैंघरका पुजारीसहित मगर जातिका ६ जनाले ल्याउने र त्यहाँबाट काठमाडौंको जमलसम्म यहाँबाट गएका ब्राह्मण जातिका ६ जनाले ल्याउने परम्परा रही आएको छ ।
जमलबाट हनुमानढोकासम्म निजामती सेवाका उच्चपदस्थ अधिकारी, गुर्जुका पल्टन, पञ्चेबाजा र साँस्कृतिक नाचगानसहितको लावा लस्करका साथमा फूलपाती ल्याउने गरिन्छ ।

राजतन्त्र रहुन्जेल हनुमानढोका दरवारको दसैंघरमा फूलपाती भित्र्याउने क्रममा राज्यप्रमुखका नाताले राजाको उपस्थिति रहने गरेकामा गणतन्त्र स्थापनापछि भने सँस्कृतिमन्त्री उपस्थित हुने गरेको हनुमानढोका दरवार संग्रहालय विकास समितिले जनाएको छ ।

 


Last Updated on: October 12th, 2021 at 11:22 am
८० पटक हेरिएको

तपाईको प्रतिक्रिया