
धनगढीबाट बाजुरा जाँदै गरेको बस डडेल्धुरामा दुर्घटना हुँदा चार जना घाइते भएका छन् ।
मंगलबार बिहान सवा ७ बजेतिर धनगढीबाट बाजुरा जाँदै गरेको बस अमरगढी नगपालिका–११ स्थित राइमा दुर्घटना भएको हो ।
जयमालिका यातायातको ना ७ ख १७४ नम्बरको बस ब्रेकफेल भएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी घाइते भएकाहरूको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजेन्द्रबहादुर चन्दले जानकारी दिए ।
घाइतेहरूको अवस्था सामन्य नै रहेको चन्दले बताए । बस सडक छेउमै पल्टिएको छ ।
नेपाली स्पिनर सन्दीप लामिछाने आईसीसी प्लेयर अफ दी मन्थ बनेका छन् । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले भोटिङका आधारमा सन्दीपलाई सेप्टेम्बर महिनाको प्लेयर अफ दी मन्थ घोषणा गरेको हो ।
आईसीसीले सार्वजनिक गरेको ‘प्लेयर अफ द मन्थ‘को मनोनयनमा सन्दीपसँगै बंगलादेशका स्पिनर नासुम अहमद र अमेरिका कप्तान तथा ब्याटर जसकरण मल्होत्रा परेका थिए ।
बङ्गलादेशी र अमेरिकी खेलाडीलाई पछि पार्दै सन्दीपले अवार्ड जितेका हुन् ।
यो पढ्न छुटाउनु भयो कि
. आईसीसीको ‘प्लेयर अफ द मन्थ’को मनोनयनमा सन्दीप लामिछाने
. ईपीएलमा सन्दीप लामिछानेलाई जरिवाना
. सन्दीपको एकदिवसीय वरियतामा १२ स्थान सुधार
ओमानमा भएको आईसीसी विश्वकप लिग–२ मा ६ खेल खेलेका उनले १८ विकेट लिँदै ७.३८ को इकोनोमी राखेसँगै आईसीसीले उनलाई ‘प्लेयर अफ द मन्थ’ को नोमिनेसनमा राखेको थियो ।
लामिछानेले पपुपा न्यूगिनीविरुद्धको पहिलो खेलमा ३५ रन दिएर ४ तथा दोस्रो खेलमा ११ रन दिएर ४ विकेट लिएका थिए । त्यसैगरी ओमानविरुद्धको खोलमा पनि उनले १८ रन दिएर ४ विकेट लिएका थिए ।
आईसीसीको प्यानलमा पूर्व खेलाडी, पत्रकार तथा ब्रोडकास्टरको उपस्थिति हुन्छ ।
आईसीसी प्यानलको मतभार ९० प्रतिशत र खुला मतदानको १० प्रतिशत भार हुन्छ । दुवै जोडेर नेपालका सन्दीप लामिछानेले सर्वाधिक मत प्राप्त गरी आईसीसी प्लेयर अफ दी मन्थ बनेका हुन् ।
यस्तै महिलातर्फ इङ्ग्ल्यान्डकी कप्तान हिथर नाइटले वुमन्स प्लेयर अफ द मन्थको अवार्ड जितिन् । उनले आफ्नै देशकी चार्ली डिन र दक्षिण अफ्रिकाकी लिजेली लीलाई पछि पारिन् ।