
ड्रग्स केसमा फसेका शाहरुख खानका छोरा आर्यन खानको समस्या बढेको छ । सेसन कोर्टमा ११ अक्टोबर हुने सुनुवाई अब १३ अक्टोबरमा हुनेछ । यसकारण अब आर्यनले कम्तीमा तीन दिनसम्म जेलमा बन्द हुनुपर्नेछ । यो विषयमा एनसीबीले जवाफ दर्ता गर्नुपर्ने थियो जसका लागि उनीहरुले बुधबारसम्मको समय मागेका छन् ।
एनसीबीले माग्यो बुधबारसम्मको समयः
एनसीबीले कागजातको काम बाँकी नै भएको भन्दै बुधबारसम्म जवाफ दिनका लागि समय माग गरेको छ । उनीहरुका अनुसार हाल कागजपत्रका केही काम बाँकी छन् जसका कारण उनीहरुलाई समय लागिरहेको छ । एनसीबीले बुधबार बिहान ११ बजेसम्म आफ्नो जवाफ दर्ता गरेको छ । आर्यनको केस हेरिरहेका उनका वकिल सतिश मानशिन्दे र अमित देसाई अदालत पुगेका थिए । साथै शाहरुख खानकी म्यानेजर पूजा ददलानी पनि अदालत पुगेकी थिइन् । तर दुई दिनपछि १३ अक्टोबरको सुनुवाईको आदेशपछि सबैजना फिर्ता हुनुपरेको छ । स्मरण रहोस्, आर्यन यतिबेला आर्थर रोड जेलमा बन्द छन् र अब उनले थप तीन दिन जेलमा बिताउनुपर्नेछ ।
छोरालाई राम्रो संस्कार दिन सकिन
त्यस्तै पिता शाहरुख खानले आफुले छोरालाई असल शिक्षा दिन नसकेको स्विकारेका छन् । भारतीय मिडियाको अनुशार नचाहँदा नचाँहदै यस्तो गल्ती हुन पुगेको बताएका छन् । उनको नजिकको आफन्तसँग उक्त्त कुरा गर्दै धरधरी रोएको भारतीय मिडियामा उल्लेख छ ।