
काठमाडौं / धेरै नेपाली बसोबास गर्ने भारतको दार्जिलिङबाट चर्चित गायन रियालिटी शो द भ्वाइस अफ नेपालको दोस्रो संस्करणमा सहभागी हुन आएकी वैशाली लामाले अन्तर्वार्ताको क्रममा नेपाल छाडेर जान मन नलागेको बताएकी छिन् । ‘भ्वाइस अफ इन्डिया’ समेत सहभागी बनिसकेकी वैशाली लामा भ्वाइस अफ नेपालको नकआउट राउन्डबाट बाहिरिएकि हुन् । लामाले पछिल्लो समय राई इज किङ राजेश पायल राई सँग पनि गीत रेकर्ड गराइसकेकी छिन् ।
भ्रमण बर्ष २०२० लाई लक्ष्यित गरेर राजेश पायल र वैशाली लामाले गाएको उक्त गीत अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । वैशाली लामा सँग गरिएको रमाइलो कुराकानी हेर्नुहोस् ।