सोमबार १० आश्विन २०७९

आमा आज दशैं हैन र ?”
मासु खाने हैन र आज ?
थालमा पस्केको पहेंलो मकैको भात र तेस्मा सागको दुई-तिनवटा त्यान्द्रा हेर्दै मैले‌ भने‌ ।

आमा अर्को थालमा भात पस्किदै भन्नु भो :
“आज नवमी हो नि !
मासु त दशमिमा पो खान्छन त !
भोलि खाने हो मासु ।”

आठ वर्षको म फेरि बोले :
“तल्ला घरमा त अनि हिजो देखि नै मासु खाइरा छन त ?”
छेउमै बसेकी दिदी ले कराउदै भनी :
“उनिहरूको छ र खान्छन नि…
के सारो कचकच गर्दो रहेछ !
खुरुक्क खा अनि गएर पढ ”

तपाईको प्रतिक्रिया दिनुहोस


Last Updated on: October 13th, 2021 at 12:44 pm
३५० पटक हेरिएको

तपाईको प्रतिक्रिया