बिहिबार ११ कार्तिक २०७८

कसैलाई मोबाइल चाहियो अरे
अनि कसैलाई भने ल्यापटप!
प्रदेशीको पिडा कस्ले बुझ्ने
बगेको यहाँ पसिना तपतप!!
#स्वदेश मा बस्नेलाई के थाहा प्रदेशिको पिडा, खुल्ला आकाशमुनि ५०/५५° को तापक्रममा यसरी छटपटिनु पर्दा कति पिडादायि हुन्छ भनेर

बैतडी : बैतडीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। मंगलबार राति गोकुलेश्वरदेखि सतंबाज आउँदै गरेको ट्याक्टर साढे १२ बजे दोगडाकेदार गाउँपालिका वडा नम्बर ३ को तारलमा दुर्घटना हुँदा जिल्लाको डिलाशैनी गाउँपालिका वडा नम्बर ३ पंसेराका २३ वर्षीय योगेश पालको मृत्यु भएको हो। मृतक योगेश नेकपा एमाले बैतडीका जिल्ला अध्यक्ष सुरेन्द्र पालका छोरा हुन्।

आफैले चलाएको ट्याक्टर दुर्घटनामा पर्दा गम्भीर घाईते भएका उनको जिल्ला अस्पताल बैतडीमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता बोधराज ओझाले जानकारी दिए। यस्तै दुर्घटनामा परी घाइते हुनेमा सोही ठाउँका रुपेश कोली रहेका छन्। उनको जिल्ला अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रवक्ता ओझाले बताए। दुर्घटनाको कारण भने खुलेको छैन। मृतक पाल केही समय अगाडि मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएका थिए।


Last Updated on: October 13th, 2021 at 1:14 pm
२१२ पटक हेरिएको

तपाईको प्रतिक्रिया