
भारतमा हालै एउटा तस्बिर अहिले सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ ।विद्यालय पोशाकमा रहेका दुई बालकको हात खुट्टा बाँधेर राखिएको अवस्थाको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको हो ।
सो तस्बिरको वास्तविकता थाहा पाउने ब्यक्ति भने पहिला निकै आश्चर्यमा पर्नेछ । उनीहरुलाई विद्यालयको प्रिन्सिपलको निर्देशनमा त्यसरी हातखुट्टा बाँधेर राखिएको हो ।
एउटा तिन कक्षा र अर्का पाँच कक्षामा अध्ययनरत विद्यार्थीहरुलाई दिइएको सजायको कारण भने निकै उदेकलाग्दो छ । आफ्नै विद्यालयको प्रिन्सिपललाई प्रेम पत्र लेखेका कारण ति दुई मध्ये एक बालकलाई त्यसरी बाँधिएको हो ।
अर्काले कक्षा कोठामा हल्ला गरेको सजाय पाएका हुन् । ति अबोध बालकको मनमा आफ्नै विद्यालयको प्रिन्सिपल माथि माया पलाएपछि उनले प्रेम पत्र लेखे । प्रोढ उमेरकी ति महिला प्रिन्सिपलका लागि त्यो सह्य भएन ।
उनले बालकलाई सम्झाउनुको साटो सजाय दिने निर्णय गरिन् । उनकै निर्देशनमा बालकलाई हात खुट्टा बाँधिएर राखिएको हो ।
सामाजिक सञ्जालमा तस्बिर भाइरल भएपछि तस्बिरलाई लिएर निकै टिप्पणी भएको छ । अधिकांशले त्यसरी सजाय दिन निर्देशन दिने प्रिन्सिपलको आलोचना गरेका छन् ।
सामाजिक सञ्जाल प्रयोगकर्ताले प्रिन्सिपललाई कारवाही गर्नुपर्ने माग समेत राखेका छन् । माया सबैको मनमा हुन्छ । अनि माया गर्नका लागि उमेर वाधक बन्दैन, अनि को कुन हैसियतको भन्ने पनि चिन्दैन ।
ति अबोध बालकले देखाएको प्रिन्सिपल प्रतिको प्रेम पनि त्यसैको परिणाम हो । तर ति बालकले भने मायाको बदला सजाय पाउनुपर्यो । सामाजिक सञ्जालमा भाइरल भएको यो घटना आन्ध्र प्रदेशको एक स्कुलको हो ।
अनन्तपुर जिल्लाको कादिरी नगरपालिकास्थित मासानम्पेट निम्न माध्यामिक विद्यालयमा अध्ययनरत यि बालकले आफ्नै प्रिन्सिपललाई प्रेम पत्र लेखेका हुन् ।
सामाजिक सञ्जालमा तस्वीरसहित उक्त घटना सार्वजनिक भएपछि सामाजिक कार्यकर्ताहरु प्रिन्सिपलमाथि कडा कारवाही हुनुपर्ने माग गरिरहेका छन् ।स्थानीय प्रशासनले समेत घटनाको छानबिनका लागि आदेश दिइसकेको छ ।