मंगलबार १४ चैत्र २०७९

कलाकार पवन खतिवडा(म्याकुरी)ले बिहे गरेका छन् ।आज असोज २७ गते आफ्नो फेसबुकमार्फत बिवाह बन्धनमा बाधिएको जानकारी गराएका हुन।

नेपाल टेलिभिजनबाट प्रसारण हुने हाँस्य टेलिफिल्म ‘गोलमाल’ मा उनको अभिनयलाई लिएर चर्चा परिचर्चा हुने गर्दछ ।

उनले भारतस्थित सिक्किमकी सुम्निमा खालिङ राईसँग अन्तरजातीय विवाह गरेका हुन् । पवन पछिल्लो समयमा नेपाली कमेडीमा रुचाइएका कलाकारमा पर्दछन् ।

“उनी सिक्किमकी छोरी म नेपालको, म बाहुनको छोरी उनी राईको (अन्तरजातिय/ अन्तरदेशिय) हाम्रो लागि माया प्रेम नै सर्वैसर्व भयो ।” उनले फेसबुकमा लेखेका छन् ।

जिवनको नया अध्याय सुरु??
उनि सिक्किमकि छोरी म नेपालको,म बाहुन को छोरो उनि राइको(intercast- intercountry)हाम्रो लागि माया प्रेम नै सर्बैसर्व भयो। यो समाजले के भन्ला भन्दा पनि हामिले समाजलाइ के दिने भन्ने लाग्यो।।
केही बर्ष अघिको sumnima khaling सङ्ग्को चिनजान प्रेम मा परिणत भइ बिहेमा परिणत गर्ने निर्णय गरेको छौ आशा छ सदा हजुरहरुको आशीर्वाद को अपेक्षा राखेका छौ।
सदैब तिमी सङ्ग खुशी भै जीवन काट्न पाइओस Happy married life to us??

खतिवडाले आफूहरूको केहि वर्ष अगाडि चिनचान भएको र त्यसपछि प्रेम भएको पनि बताएका छन् ।

 


Last Updated on: October 14th, 2021 at 2:38 pm
२९६ पटक हेरिएको

तपाईको प्रतिक्रिया