
काठमाडौं २८ असोज । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले मुगुमा मङ्गलबार भएको बस दुर्घटनाको छानबिन गर्न समिति गठन गरेको छ । बस दुर्घटनाको सत्यतथ्य पत्ता लगाई १० दिनभित्र प्रतिवेदन पेस गर्न प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्रवीर विश्वकर्माको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको सो कार्यालयले जनाएको छ ।
समितिमा प्रदेश प्रहरी कार्यालयका प्रहरी निरीक्षक जीवन लामिछाने र प्रदेश ट्राफिक प्रहरी कार्यालयका हबल्दार हरि लामिछाने सदस्य हुनुहुन्छ । नेपालगञ्जबाट मुगु सदरमुकाम गमगढी जाँदै गरेको छायाँनाथ रारा यातायात प्रालिद्वारा सञ्चालित भे१ख ३१६७ नंको उक्त बस मङ्गलबार जुम्ला–मुुगु सडक खण्डमा पर्ने पिनातपने खोलामा दुर्घटना हुँदा ३२ जनाको मृत्यु हुनुका साथै १३ जना घाइते भएका थिए ।
समितिले घटनाको अनुसन्धान प्रतिवेदन तयार गरी प्रदेश प्रहरी प्रमुख एवं प्रहरी नायब महानिरीक्षक गणेशबहादुर ऐरसमक्ष पेस गर्नेछ । चालकको सिटमुनिको टायर पङ्चर भई दुर्घटना भएको प्रारम्भिक अनुमान गरिए पनि छानबिन समितिको स्थलगत अनुसन्धान प्रतिवेदनका आधारमा वास्तविक कारण पत्ता लाग्ने बताउँदै प्रहरी नायब महानिरीक्षक ऐरले भने, “बस, सडक वा चालक कसको के कमजोरीका कारण दुर्घटना हुन पुग्यो त्यसको अध्ययन हुनेछ ।”
प्रतिकृया दिनुहोस
आध्यात्मिक हिसाबले यसपालि मेरो दसैँ छैन । पोहोर पनि थिएन । परार पनि थिएन । तर दसैँको रमझम लागेको छ । पुराना साथीहरूसँग भेटघाट, अहिले पार्टीको अधिवेशन लागेको हुँदा अधिवेशनसँग सम्बन्धित विभिन्न छलफलहरू, आफूसँगै पढेका साथीहरूसँग पुनर्मिलन हुन्छ । यसपालि विशेषतस् घुमघाम, भेटघाट र अधिवेशनसम्बन्धी छलफल हुन्छ ।
गाउँमा पारिवारिक भेटघाट, पुराना आत्मिय र विद्यार्थीकालका साथीहरू भेटघाट र अधिवेशनसम्बन्धी विमर्श हुन्छ । आध्यात्मिकतर्फ म परिवारसहित मन्दिर जान्छु । दर्शनभेट हुन्छ । साथै विपन्न परिवारजनलाई पनि भेट्छु । शहीद परिवारजनलाई भेट्छु ।
आफ्नो जीवन देश र समाजका लागि विभिन्न समयमा र अवस्थामा जीवन गुमाउने शहीद परिवारको भेटघाटलाई अधिवेशनको प्राथमिकता दिएको छु । शहीद श्यामसुन्दर यादवको घरमा पुगिसकेको छु । पार्टीका ज्येष्ठ नेतालाई भेट्छु । दसैँ आध्यात्मिकका साथै आत्मीय बढाउने पर्व हो । त्यसकारण कसैलाई जुठो परेर आध्यात्मिक कर्म रोकियो भने पनि आत्मीयता बढाउने कर्म कुनै जुठोले रोकिँदैन ।