बिहिबार ११ आश्विन २०८०

७ बर्ष अगाडि मलेसिया गएका सिन्धुपाल्चोकका दिनेश ठकुरी आफ्नो बुवाआमालाई औधी माया गर्थे । दिनहुँ आमाबुवालाई फोन गरिरहन्थे । महिनै पिच्छे खर्च पनि पठाइ रहन्थे ।

७ बर्षमा एक पटक पनि छुट्टी नआएका दिनेशले परिवारको मायामा केही पनि खोट लगाएका थिएनन् । दिनेशका दाजु दिपक ठकुरी आफ्नो परिवारसहित काठमाडौमा बस्थे । दाजुलाई पटक–पटक बुवाआमासँगै घर गएर बस्न सुझाइरहने दिनेशले गत शुक्रबार आफ्नो दाईलाई भिडियो कल गरे । उनीहरुको लामो कुराकानी भयो ।

काठमाडौंमा जग्गा किनेर घर बनाउने अनि बुवाआमालाई ल्याएर राख्नेसम्मका कुरा भए । दाजुभाईले सुखदुःख साटे । दिनेशले मलेसियाको कम्पनीमा लफडा परिरहेकोसम्म दाजुलाई सुनाएका थिए ।

शुक्रवार रातिको समयमा दिनेशले आफ्नो दाजुलाई भ्वाइस म्यासेज पठाए । राति भएकाले उनले फोन हेरेनन् । दिनेशले धेरै वटा भ्वाइस म्यासेज दाजुलाई पठाएका थिए । दाजु दिपकले भोलिपल्ट शनिवार बिहान मात्र म्यासेज हेरे ।

अनि आफ्नो भाईलाई फोन गरे, घण्टी गयो फोन उठेन । फोन गर्दा–गर्दा सायद ब्याट्री सकियो, मोवाइल अफ भयो । त्यसपछि दिनेशको फोन कहिल्यै लागेन ।

तपाईको प्रतिक्रिया दिनुहोस


Last Updated on: October 15th, 2021 at 10:25 am
२८५ पटक हेरिएको

तपाईको प्रतिक्रिया