
खोटाङ, ३० असोज- खोटाङमा ससुरालीबाट टिका थापेर घर फर्कनेक्रममा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङस्थित ससुराली घरमा टिका लगाएर घर फर्कनेक्रममा संखुवासभाको चैनपुर नगरपालिका–८ चैनपुरका ४९ वर्षीय लेखबहादुर राउतको मृत्यु भएको हो । राउतको शुक्रबार बाम्राङकै नंग्रेखोलामा भीरबाट करिब ५० मिटर तल खसेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी उमेश लम्सालले बताए ।
मादक पदार्थ सेवन गरेका कारण राउत लडेको अनुमान गरिएको छ । राउतको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल दिक्तेल पु¥याइएको प्रहरीले जनाएको छ । घट्नाका विषयमा अनुसन्धान अघि बढाइएको डिएसपी लम्सालले बताए ।
काठमाडौं । साफ च्याम्पियनसिप फुटवल अन्र्तगत आज नेपाल र भारतबीच उपाधि भिडन्त हुँदैछ । फाइनल खेल आज नेपाली समय अनुसार राति पौने ९ मा हुनेछ ।
पहिलोपटक साफको फाइनलमा पुगेको नेपालले बलियो टिम भारतविरुद्ध जित निकालेर नयाँ इतिहास बनाउने लक्ष्य राखेको छ । जसका लागि नेपाली टिम तयार रहेको सहायक प्रशिक्षक किरण श्रेष्ठले बताएका छन् ।
यो पनि पढ्नुहोस
आज पनि मान्यजनबाट दशैँको टीका र जमरा लगाइँदै
आज शनिबार, यी ७ राशिलाई मिलेको छ शनिदेवको आर्शिवाद, हेर्नुहोस् दैनिक…
शुक्रबार भर्चुअलबाट आयोजना भएको पत्रकार सम्मेलनमा बोल्दै उनले नेपाली टिम शारीरिक र मानसिक रुपमा तयार रहेको, तर अघिल्लो खेलमा वार्मअपका बेला घाइते भएका पुजन उपरकोटी खेल्ने नखेल्ने यकिन नभएको बताएका छन्।
भारतविरुद्ध पहिले भएका गल्ति सच्याएर सुधारेर खेल्ने नेपालको तयारी छ। मूख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको सट्टा पत्रकार सम्मेलनमा उपस्थित भएका किरणले भारत बलियो दावेदार भएपनि आफूहरु इतिहास रच्नका लागि खेल्ने बताएका छन्।
यस्तै नेपाली टिमका कप्तान किरण चेम्जोङले माल्दिभ्स आफ्नो दोस्रो घर भएकाले यो भूमिमा इतिहास बनाउने लक्ष्यमा रहेको र फाइनलमा गोर्खाली पाराले खेल्ने बताए । उनले फाइनलमा शतप्रतिशत दिएर खेल्ने र त्यसका लागि तयार रहेको धारणा राखेका छन्।