
नेपालगन्ज : नेपालीहरुको महान पर्व बडा विजया दशमी सबैले आफ्नो आफ्नो क्षमता अनुसार रमाइलो गरेर मनाउँदै गर्दा अस्पतालमा उपचारार्थ रहेका बिरामीहरुले बेडमा नै
टीका लगाएर दशैं मनाएका छन् । भेरी अस्पतालमा विभिन्न जिल्लाका भर्ना भएका बिरामीहरुलाई त्यहाँ कार्यरत नर्सिङ स्टाफ पार्बती बुढाथोकीले बिरामीलाई दशैंको टीका लगाईदिएर उनीहरुलाई घरको सम्झना बिर्साउने कोशिस गरेकी छिन् ।उनले बिरामीलाई टीका लगाइ दिएर फलफूल दिइन भने अाफुले पनि बिरामीको हातबाट टीका लगाएको बताइन् ।
बुढाथोकीलाई तपाईंलाई कस्तो महसुस भएको छ भनि
प्रश्न सोध्दा उनले जीवनमा धेरै पटक बुबा आमाको हातबाट टीका लगाइन्थ्यो आज उहाँहरुको हातबाट लगाउदा र उहाँको मुहारमा खुसी ल्याउन आफुले लगाइदिन पाउँदा अत्यन्तै खुसी भएको उनले बताइन् ।
थप समाचार पढ्नुहोस :मोटोपन कसरी घटाउने, तौल कसरी कम गर्ने ? अहिले धेरैको निम्ती टाउको दुखाईको बिषय बनेको छ यो । यसैको समाधानका लागि कोही जिम धाइरहेका छन्, कोही योगको शरणमा पुगेका छन् । कसैले चिकित्सकिय विधी अपनाएका छन्, कसैले खानामा कटौती गरेका छन् ।
तौल बढ्नु वा मोटोपन आफैमा समस्या हो । यसले अरु समस्यालाई समेत निम्त्याउँछ । शरीर भद्दा र असुहाउँदिलो देख्ने मात्र होइन, उच्च रक्तचाप, मधुमेह जस्ता दीर्घ रोगको खतरा पनि बढाउँछ ।
त्यसैले अहिलेका पुस्ताका निम्ति मोटोपन वा तौल नियन्त्रण ठूलो चुनौती बनेको छ । आज हामी तपाईलाई मोटोपन घटाउने केही खानेकुराका बारेमा जानकारी दिदैछौँ :
लसुनः
लसुनले एक प्राकृतिक एन्टी बायोटिक र सुगरलाई नियन्त्रित गर्ने काम गर्दछ । लसुनले शरिरमा ती हर्मोनलाई सक्रिय गर्न काम गर्दछ जसले बोसोलाई जम्मा हुन दिँदैन । आफ्नो खानामा लसुनलाई समावेश गरेर हेर्नुहोस् ।
ग्रीन टीः
पछिल्लो केही वर्षमा ग्रिन टी निकै लोकप्रिय भइसकेको छ । ग्रीन टीमा क्याटेचिन्स नामक यौगिक पाइन्छ जसले शरिरमा अतिरिक्त बोसोलाई कम गर्न सहयोग गर्दछ ।
मोटोपन कसरी घटाउने, तौल कसरी कम गर्ने ? अहिले धेरैको निम्ती टाउको दुखाईको बिषय बनेको छ यो । यसैको समाधानका लागि कोही जिम धाइरहेका छन्, कोही योगको शरणमा पुगेका छन् । कसैले चिकित्सकिय विधी अपनाएका छन्, कसैले खानामा कटौती गरेका छन् ।
तौल बढ्नु वा मोटोपन आफैमा समस्या हो । यसले अरु समस्यालाई समेत निम्त्याउँछ । शरीर भद्दा र असुहाउँदिलो देख्ने मात्र होइन, उच्च रक्तचाप, मधुमेह जस्ता दीर्घ रोगको खतरा पनि बढाउँछ ।
त्यसैले अहिलेका पुस्ताका निम्ति मोटोपन वा तौल नियन्त्रण ठूलो चुनौती बनेको छ । आज हामी तपाईलाई मोटोपन घटाउने केही खानेकुराका बारेमा जानकारी दिदैछौँ :