मंगलबार ०९ आश्विन २०८०

ताप्लेजुङ, असोज ३० गते । ताप्लेजुङमा सर्पको टोकाइबाट एक युबकको निधन भएको छ ।

निधन हुनेमा फुङलिङ नगरपालिका ९ हाङदेवा निवासी लक्ष्मी घतानीका छोरा भाइरल झाँक्री नामले परिचित २५ वर्षीय कृष्ण बहादुर घतानी रहेका छन् । उनको जिल्ला अस्पताल ताप्लेजुङमा आज (शनिबार) विहान करिब २ बजेर ३१ मिनेटमा निधन भएको प्रहरी नायब उपरीक्षक बालनरसिंह राणाले जानकारी दिनुभयो ।

प्रनाउ राणाका अनुसार २ बजे अस्पताल भर्ना गरि उपचारकै क्रममा निधन भएको हो । उनको शव आफन्तलाई जिम्मा लगाइएको अस्पतालले जनाएको छ ।

पुर्व सांसद सञ्चपाल मादेनका अनुसार घतानीलाई करिब हिजो बेलुकी ८ बजे सर्पले दाहिने हातको हत्केलामा डसेको थियो । सर्पले डस्नसाथ झारफुक गर्नका लागि एक जना साथी सहित बाइकमा पुजारी कहाँ गएको र बीचबाटोमै बाइक विग्रिएपछि पैदल मार्फत गएका थिए ।

झारफुक पश्चात पनि स्वास्थ्यमा थप समस्या देखिन थालेपछि अस्पताल लानका लागि गाडी समयमै नभेटिएको मादेनले बताउनुभयो । हिजो टीकाका दिने सबै चालक छुट्टीमा भएकाले समयमै गाडी नपाइएको हो । समयमै गाडी नपाइएकाले पनि ज्यान बचाउन नसकिएको आफन्तले बताएका छन् ।

शवलाई भोलि असोज ३१ गते अन्त्यष्टि गर्ने पारिवारिक श्रोतले जनाएको छ ।

 


Last Updated on: October 16th, 2021 at 9:48 am
४६६ पटक हेरिएको

तपाईको प्रतिक्रिया