आइतबार १४ आश्विन २०८०

पछिल्लो समय नेपाल दोहोरीको चर्चा निकै हुने गरेको छ। दोहोरी मन नपराउने युवापुस्ताले समेत दोहोरीमा चासो राख्न थालेका छन्।

दोहोरीको कारण अहिले धेरै नयाँ बाल कलाकार देखि युवा कलाकार पनि जन्मिरहेका छन्। दोहोरीबाट अहिले धेरै मानिसरुले नाम र दाम कमाई रहेका छन्। यि मध्य गायिका टिका सानु पनि दोहोरीबाट निकै चर्चामा आएकी छिन्।

भर्खरै मात्र मानसिङ् खड्का र सानुले दशैं गीत ‘दाजु बहिनी’ सार्वजनिक गरेका छन्। युटुवबाट सार्वजनिक भएको सो गीतमा टिका सानुको शब्द र मानसिङ खड्काकाे लय रहेको छ। उक्त भिडियोमा धनमाया नेपाली, हुमा विक, विष्णु सनार र मानसिङ खड्का समेतले अभिनय गरेका छन् भने निर्देशन मानसिङ स्वयम्ले गरेका छन्।

यस भिडियोमा दशैं तिहार घर आँगनमा आईसक्यो कहिले आउने भन्दै विलौना गरिएको भाव प्रस्तुत गरेकाे छ। बहिनी दाजुको बाटो कुरेर बसिरहेकी हुन्छिन्। दाजुले यहि दशैंमा घर आउछु भनेका हुन्छन्।

यो गीतको अन्तिममा भावुक दृष्य देखाईएको छ। दाजुलाई कुरिरहेकि बाहिनि अन्तिममा दाजुको ला’स का’ठको बा’कसमा आउदा भावविह्वल हुन्छिन्।

प्राय समाजका यथार्थ घटनालाई गीतमा चित्रण गर्ने मानसिङ् खड्का र टिका सानुकै ‘बुहारी २’ तिज गितले पनि १ हप्तासम्म नेपालको ट्रेन्डिङ् नम्बर १ मा रहेर राम्रै चर्चा पाएको थियो।

यो भिडियो अहिले सम्ममा ४ लाख ५० हजार दर्शकले हेरिसकेका छन् भने १४ हजार लाईक कटिसकेको छ। यो भिडियो १५ सय बढि कमेन्ट छन्। प्राय सबैले यस गीतलाई मनपराएका छन्। यो भिडियो टिका सानुको युटुव च्यानलबाट सार्वजनिक भएको हो।


Last Updated on: October 16th, 2021 at 10:18 am
३१४ पटक हेरिएको

तपाईको प्रतिक्रिया