शुक्रबार ०५ आश्विन २०८०

धनगढी,२८ असोज । कैलालीको गौरीगंगा नगरपालिका–२, आम बगियामा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । गौरीगंगा नगरपालिका–१ का २५ वर्षीय लक्ष्मण चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

गए राति करिब सवा २ बजे से२प ६९ ५२ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर नालीमा खसेको थियो । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको क्रममा धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा आज बिहान साढे ७ बजे मृत्यु भएको हो ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य विनोद भण्डारीको विवाह भएको छ । उनले विजया दशमीको दिन विहे गरेका हुन् । विनोदले शुक्रबार सञ्चारकर्मी सोनिका अर्यालसँग विवाह गरेका हुन् । उनीहरूको असोज ६ गते फूलमाला भएको थियो ।

नेपाली क्रिकेट टोलीका भरपर्दा खेलाडी तथा दायाँ हाते ब्याट्सम्यान विनोद त्रिभुवन आर्मी क्लबका कप्तान हुन् । विनोद र सोनिका चार वर्षदेखि प्रेममा थिए । महेन्द्रनगरका ३२ वर्षीय विनोदले २५ जनवरी २०१९ मा युनाइटेड अरब इमिरेट्सविरुद्धको खेलबाट एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गरेका थिए ।

विनोदले २००९ मा एसीसी ट्वान्टी–२० कपमा कुवेतविरुद्धको खेलबाट नेपालको राष्ट्रिय टिममा डेब्यू गरेका थिए । उक्त खेलमा विनोदले अन्तिम बलमा छक्का प्रहार गर्दै नेपाललाई जिताएका थिए । सबै तस्वीर: विनोद भण्डारीको फेसबुकबाटनेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य विनोद भण्डारीको विवाह भएको छ । उनले विजया दशमीको दिन विहे गरेका हुन् । विनोदले शुक्रबार सञ्चारकर्मी सोनिका अर्यालसँग विवाह गरेका हुन् । उनीहरूको असोज ६ गते फूलमाला भएको थियो ।

नेपाली क्रिकेट टोलीका भरपर्दा खेलाडी तथा दायाँ हाते ब्याट्सम्यान विनोद त्रिभुवन आर्मी क्लबका कप्तान हुन् । विनोद र सोनिका चार वर्षदेखि प्रेममा थिए । महेन्द्रनगरका ३२ वर्षीय विनोदले २५ जनवरी २०१९ मा युनाइटेड अरब इमिरेट्सविरुद्धको खेलबाट एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गरेका थिए ।

विनोदले २००९ मा एसीसी ट्वान्टी–२० कपमा कुवेतविरुद्धको खेलबाट नेपालको राष्ट्रिय टिममा डेब्यू गरेका थिए । उक्त खेलमा विनोदले अन्तिम बलमा छक्का प्रहार गर्दै नेपाललाई जिताएका थिए । सबै तस्वीर: विनोद भण्डारीको फेसबुकबाट

 


Last Updated on: October 16th, 2021 at 11:27 am
१४१ पटक हेरिएको

तपाईको प्रतिक्रिया